आज मितिः २०८२ पुष ६ गते

फेरी आकासियो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं-

अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४७ हजार कायम भएको छ। आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २०० कायम भएको छ।

हिजो सुनको मूल्य प्रति तोला रु दुई लाख ४२ हजार ७०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ११५ मा कारोबार भएको थियो। एक दिनपछि सुनमा रु पाँच हजार २०० र चाँदीमा रु ८५ को वृद्धि भएको छ।

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.