आज मितिः २०८३ असार ५ गते

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने- सबै दल चुनावका लागि तयार भइसके

काठमाण्डौ –

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दल चुनावका लागि तयार भइसकेका बताउनुभएको छ ।

आज नेकपा एमालेले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सञ्चारमन्त्री खरेलले अब चुनाव हुँदैन कि भन्ने आशङ्का गर्ने ठाउँ नरहेको बताउनुभयो । उहाँले चुनावका लागि राजनीतिक दलहरूको तर्फबाट वातावरण बनिसकेको र सरकारले पनि आवश्यक सुरक्षा योजना बनाएर कार्यान्वयन गर्नतर्फ केन्द्रित भएको स्पष्ट पार्नुभयो ।

यस्तै मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले नवयुवा आन्दोलनको मर्म र भावना अनुसार आफूलाई अघि बढाएको दाबीसमेत गर्नुभयो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.