खगिन्द्रा खुसी/झापा –
सुसेली साहित्यिक परिवार, मेचीनगरको आयोजनामा, काँकरभिट्टामा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न भएको सो कविगोष्ठीमा कार्यक्रममा कविहरु डिपि शर्मा, मोक्ष खतिवडा, मोहन पाठक, तोयालाल दाहाल, सिसा चौधरी ९थारु०, नमुना निरौला दाहाल, दमयन्ती गिरी, कनक कार्की, मदन अधिकारी, पुण्यप्रसाद खरेल, ज्ञानेन्द्र ढुङ्गाना, भूवन सुब्बासमेतले कविता वाचन गर्नुभएको थियो भने स्रष्टा कल्पना ओलीले समय सान्दर्भिक निबन्ध वाचन गरेर सुनाउनुभएको थियो ।
पत्रकार सन्तोष आचार्यले भने हालसालै पढ्दै गर्नुभएका दुई पुस्तक तीर्थ सिग्देलको ‘त्यो झापा’ तथा डा।नवराज केसीको ‘स्वस्पर्श’ बारे चर्चा गर्दै पठनसंस्कृतिलाई सम्बद्र्धन गर्ने बारे प्रस्टपार्नु भयो । यस्तै उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले आज वाचित सृजनाहरुबाट आफूलाई घत लागेका विषय उठाउँदै वाचित सृजनाको चर्चा गर्नुभएको थियो ।
काकरभिट्टाको देवकोटा पार्कमा सम्पन्न भएको कार्यक्रमलाई सँस्थाका सह–सचिव मदन अधिकारीले तथा स्वागत उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले गर्नुभएको थियो ।
अध्यक्ष पुण्यप्रसाद खरेलले अन्तिममा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो । सुसेलीले हरेक महिनाको अन्तिम शनिबार यस्तै कार्यक्रम सम्पन्न गर्दै आएको छ ।