आज मितिः २०८२ माघ २९ गते

ऐना हो म – द्रौपदी प्रधान

ऐना हो म!
मेरो के दोष ?
हो म! ऐना !!
सफा गरी हेर्यौ भने
छवि देखाउने मेरो काम।

म बाट देखीएको आफ्नै छविमा
बिश्वास छैन भने
मेरो के दोषरु
बरू,
आफ्नौमा मनचाहे परिवर्तनको प्रयास गर।

जतापटी फर्कीएर हेर्छौ
उतैको छाया म मा देख्छौ,
दृष्टि भ्रमित हुन्छौ भने
मेरो के दोष?
बरू, पुन हेरी यथार्थको बोध गर।

म पनी कसैबाट निर्मित वस्तु,
आफुलाई नसुल्झाई
ममा रीस फेर्छौ भने
मेरो के दोषर?
बरू, एकै छीन शान्त रही
आफ्नो कमजोरी महसूस गर।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.