आज मितिः २०८३ आश्विन ४ गते

ब्रेकिङ न्यूज

फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत उद्घाटन खेलमा मेक्सिकोसंग दक्षिण अफ्रिका २–० र दक्षिण कोरियासंग चेक रिपब्लिक २–१ ले पराजित

फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत उद्घाटन खेलमा मेक्सिकोसंग दक्षिण अफ्रिका २–० र दक्षिण कोरियासंग चेक रिपब्लिक २–१ ले पराजित

काठमाण्डौं- फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । खेलसँगै विश्व फुटबलको महोत्सव औपचारिक रूपमा प्रारम्भ भएको छ भने आयोजक राष्ट्र मेक्सिकोले उपाधि आकांक्षालाई पनि बलियो सन्देश दिएको छ । समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको छ । मेक्सिकोको ग्वादालाहारा रङ्गशालामा सम्पन्न खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अङ्क हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दक्षिण कोरियाका…
Read More
आज देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना

आज देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं-     जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।   आज कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र मधेश प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका…
Read More
फिफा विश्वकप २०२६ आज मध्यरातिदेखि शुरु

फिफा विश्वकप २०२६ आज मध्यरातिदेखि शुरु

काठमाण्डौ - अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको फिफा विश्वकप २०२६ आज मध्यरातिदेखि शुरु हुँदैछ । विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन् । पहिलो दिनको उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग र दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुनेछ । यससँगै ४८ देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरु हुनेछ । तीनवटा देशको १६ शहरमा खेलाइने प्रतियोगिता ३९ दिनसम्म चल्नेछ । कुल १०४ खेल हुनेछन् । फिफाका अनुसार प्रतियोगिताका लागि १ हजार २४८ खेलाडी छनोट भएका छन् । तीमध्ये ८९१ खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन् भने ३५७ खेलाडी पहिले विश्वकप खेलिसकेका छन् । यस पटक केप भर्डे, कुरासाओ, जोर्डन…
Read More
अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ 

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ 

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकाठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन्का । काठमाडौं चन्द्रागिरी नगरपालिका-४ बस्ने रोल्पा घर भएकी ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।   निर्मलाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निर्मलालाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।
Read More
इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दाबी

इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दाबी

काठमाण्डौ -   इरानले अमेरिकाको हेलिकप्टर खसालेको भन्दै बदलामा इरानमाथि जवाफी आक्रमण गरेको जनाएको छ । इरानमा शृङ्खलाबद्ध आक्रमण गरेको अमेरिकाको दाबी छ । अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण कक्षहरू र राडार क्षेत्रलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ । इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार पर्सिअन गल्फ क्षेत्रमा विस्फोटनका आवाज सुनिएका थिए । यो मिशन इरानको अनुचित आक्रमणविरुद्धको प्रतिक्रिया मात्रै रहेको अमेरिकी सेन्ट्रल कमान्ड ‘सेन्टकम’ले आफ्नो विज्ञप्तिमा जनाएको छ । अमेरिकी सामुद्रिक ड्रोनबाट अपाचे हेलिकप्टरका दुई जना चालक दलका सदस्यलाई उद्धार गरिएको सेन्टकमले जनाएको छ । यस्तो प्रकारको उपकरण प्रयोग गरिएको अमेरिकी सेनाले पहिलो पटक…
Read More
गजल

गजल

गजल-   दुखेपनि हाँसिरहेको, अभिनय देखाउनुपर्ने, मनमा कति चोटहरु,छन् मल्हम लगाउनुपर्ने,   न बिर्सेर बाँच्न सकियो न एकअर्काको हुन यो कस्तो प्रेम गरियो,भित्रभित्रै लुकाउनुपर्ने,   कल्पामा तिम्रै छातीको सिरानी हालिरहन्छु बाध्यता छ बोलिसम्म ,नसुनि निदाउनुपर्ने,   नजर जुधाए मात्रै चरित्र केलाउछ दुनियाँ, हेरन! कसरी प्रेम र, अस्तित्व बचाउनुपर्ने   ए जिन्दगी मलाई पनि बुझ्ने कोसिस गर न है, मसँग केहि बाँकी छैन तँलाई बुझाउनुपर्ने ।। सृष्टि सावित्रा✍️
Read More
एसीसी महिला टी–२० मा नेपालले थाइल्याण्डसँग क्वार्टरफाइनल खेल्दै

एसीसी महिला टी–२० मा नेपालले थाइल्याण्डसँग क्वार्टरफाइनल खेल्दै

काठमाण्डौ - नेपालले आज थाइल्याण्डसँग एसीसी महिला टी–२० प्रिमियर कप क्वार्टरफाइनल खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार बिहान सवा ७ बजे शुरु भएको हो। समूह ‘ए’ को विजेताका रूपमा थाइल्याण्ड तथा समूह ‘डी’ को उपविजेताका रूपमा नेपाल क्वार्टरफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा पुग्न नेपालले यो प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनुपर्नेछ । नेपाल समूह चरणको अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएको थियो । त्यसअघि नेपालले कतारलाई ८ विकेट र भुटानलाई ५१ रनले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । थाइल्याण्डले जापान, म्यानमार, मङ्गोलिया र बहराइनलाई पराजित गर्दै समूह विजेता बनेको हो । नेपाल र थाइल्याण्डबीच अहिलेसम्म ६ वटा टी–२०…
Read More
इजरायल जाने भाषा परीक्षा स्थगित

इजरायल जाने भाषा परीक्षा स्थगित

काठमाण्डौ - इजरायल जानका लागि लिइँदै आएको भाषा परीक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको छ । परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरूले विरोध गरेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको हो । परीक्षा शुल्क धेरै र व्यवस्थापन राम्रो नभएको भन्दै परीक्षार्थीहरूले मंगलबार प्रदर्शन गरेका थिए । त्यस क्रममा झडप समेत भएको थियो । इन्टरनेश्नल क्वालिफिकेसन प्रालि ९सीआईआईएन०ले भाषा परीक्षा तत्कालका लागि स्थगित गरिएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएको हो । सूचनामा परीक्षाको नयाँ मिति तथा समयसम्बन्धी जानकारी अर्को सूचनामार्फत दिने उल्लेख गरिएको छ ।  
Read More
अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

सिराहा- नवराजपुर गाउँपालिका(३ जगतपुर बस्ने ६० वर्षीय हरे कृष्ण यादवलाई अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
Read More
देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षाको सम्भावना

देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षाको सम्भावना

काठमाडौं- आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.