आज मितिः २०८३ आश्विन १३ गते

ब्रेकिङ न्यूज

नेपालकी पलेसा पेरिसमा हुने ओलम्पिकमा छनोट

नेपालकी पलेसा पेरिसमा हुने ओलम्पिकमा छनोट

चैत ५, सोमबार, काठमाण्डौ – नेपालकी पलेसा गोवर्धन पेरिसमा यसै वर्ष हुने पारा ओलम्पिकमा छनोट भएकी छिन् । चीनमा भएको एसियाली तेक्वान्दो छनोटमा पलेसाले ५७ केजी तौल समूहमा स्वर्ण पदक जित्दैलगतै आलम्पिक छनोटमा परेकि हुन् । चीनमा फाइनलमा उनले इरानकी तेल्ला मिजाईलाई पराजित गरिन् । त्यस अगाडि उनले सेमिफाइनलमा उज्वेकिस्तानकी करिमा मेलिकुजिएभालाई हराएकी थिइन् । पलेसा ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेकी छिन् । पलेसाले यसअघि चीनको हानचाउमा भएको एसियाली खेलकुदमा पनि कांस्य पदक जितेकी थिइन् ।
Read More
आजदेखि पोखरा देशको पर्यटकीय राजधानी

आजदेखि पोखरा देशको पर्यटकीय राजधानी

पोखरा, चैत ४ आईतबार पोखरालाई आज औपचारिक रूपमा देशको पर्यटकीय राजधानी घोषणा गरिँदैछ। दिउँसो फेवातालको किनार बाराहीघाटमा हुने कार्यक्रमकाबीच पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो। पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नै पोखरा पुगिसकेका छन्। कार्यक्रममा लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको र्‍याली निकालिनेछ। कार्यक्रममा वरिष्ठ गायिका हरिदेवी कोइराला, कन्दरा ब्यान्डका मुख्य गायक विवेक श्रेष्ठ, गायक प्रमोद खरेल, प्रकाश सपुत, धर्मेन्द्र सेवान लगायतले सांगितिक प्रस्तुती रहनेछ।   पोखरा महानगर प्रमुख धनराज आचार्यले पर्यटन क्षेत्रको विकासमा पर्यटन प्रवर्द्धनात्मक क्रियाकलाप महत्त्वपूर्ण मानिने र राजधानी घोषणा गर्दा पर्यटन प्रवर्द्धनमार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तनसहित सुधार, रोजगारी सिर्जना र गरिबी…
Read More
शिक्षामन्त्री श्रेष्ठ जनक शिक्षा पुगिन्

शिक्षामन्त्री श्रेष्ठ जनक शिक्षा पुगिन्

काठमाडौँ, चैत ४ आईतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ सानोठिमीस्थित जनक शिक्षामा पुगेकी छन् । पाठ्यपुस्तक छपाइको अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठ सानोठिमीस्थित जनक शिक्षामा पुगेकी हुन् । कक्षा ५ देखि १२ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक छपाइ भइसकेको जनाएको छ । जनक शिक्षाले चैत १५ देखि पाठ्यपुस्तकको बिक्री खुला गर्ने योजना बनाएको छ । तयार पाठ्यपुस्तकलाई जिल्लाका बिक्री केन्द्रमा पठाउन ढुवानी कार्य पनि सँगसँगै जारी छ । आउँदो शैक्षिक सत्रका लागि जनक शिक्षाले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले हालसम्म एक करोड…
Read More
इजरायल र हमासबीच पुनः वार्ता हुँने

इजरायल र हमासबीच पुनः वार्ता हुँने

चैत ४,आइतबार काठमाण्डौ – इजरायल र प्यालेस्टिन बिद्रोही समूह हमासबीच पुनःआजदेखि वार्ता हुने भएको छ । कतारमा झण्डै एक महिना चलेको वार्तामा निष्कर्ष ननिस्किएपछि रोकिएको वार्ता पुनः आजदेखि शुरु हुन लागेको एएफपीले जनाएको छ । रमदानको शुरुवातपछि पहिलो पटक इजरायली अधिकारी र हमासका नेताहरू वार्ता गर्न लागेका हुन् । रमदान शुरु हुनुअघि नै ६ हप्ताको लागि युद्धविराम गर्ने तयारी गरेको भए पनि हमासले गाजामा स्थायी युद्धबिराम नहुने कुनै पनि सम्झौता नमान्ने बताएपछि सहमति भएको थिएन । इजरायली सेना गाजामा दुई मुख्य सडकबाट हट्नेछ । खाद्यान्नको चरम अभाव भएको उत्तरी क्षेत्रमा सहायत सामाग्री सहज रुपमा पुर्‍याउन सहजिकरण गर्ने पनि वार्ताले सहमति…
Read More
भोजपुरमा आगलागीमा परी तीन बालबालिकाको ज्यान गयो

भोजपुरमा आगलागीमा परी तीन बालबालिकाको ज्यान गयो

चैत ४, आइतबार भोजपुर– भोजपुरको हतुवागडीमा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । आगलागीमा परेर पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिनुभयो । प्रहरीका अनुसार पाँच वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने अरु दुई जना केदारका भाइ रमेश कार्कीका छोराछोरी हुन् । उनिहरु घर नजिकै रहेको गोठमा खेलि रहेका थिए ।
Read More
चितवनमा विजुलीको तार सर्ट भई आगलागी

चितवनमा विजुलीको तार सर्ट भई आगलागी

चैत ३ शनिबार चितवन- भरतपुर महानगरपालिका–११ गुम्बा नजिकैको एउटा घरमा विजुलीको तार सर्ट भई आगलागी भएको छ । शुक्रबार राति ८ः१० बजेको समयमा स्थानीय हरकराज साहको टिनले छाएको एकतले कच्ची घरमा आगलागी भएको हो ।   भरतपुर महानगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहयोगमा राति ८ः५५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । आगलागीबाट मानवीय तथा चौपाय क्षति नभएको उनले बताए । भौतिक क्षतिको थप विवरण आउन बाँकि छ ।  
Read More
युएई पुगेका १९ नेपालीको बिचल्ली

युएई पुगेका १९ नेपालीको बिचल्ली

चैत ३, शनिबार खोटाङ- जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए। एकाघरका दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ) धन कमाउने सपनामा ऋण काढेर मेची इन्टरनेसनल ओभर्सिज प्रालि काठमाडौंमार्फत चार महिनाअघि युएई पुगेका हुन्। प्रतिव्यक्ति एक लाख ९९ हजारका दरले एजेन्टलाई धरौटी रकम बुझाएर युएई पुगेका राई दाजुभाइसहित १९ नेपाली युवा तोकिएको काम र दाम नपाउँदा अहिले अलपत्र परेका छन्। कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा उनीहरुसँगै सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारीमगर, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही,…
Read More
दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगियो

दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगियो

चैत ३, शनिबार काठमाण्डौ – सुन तस्करीको अभियोगमा पक्राउ परेका दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगिएको छ । पुनलाई प्रहरीले हिजो काठमाण्डौबाट पक्राउ गरेर हिजै बुटवल लगेको हो । गएको साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि पुनको संलग्नता रहेको उल्लेख छ । सुन तस्करीबारे उनलाई पक्राउ गरेर अनुसन्धान हुँदै गर्दा सहकारी ठगीमा पनि यसअघि नै पक्राउ पूर्जी जारी भएकाले पहिला भैरहवा पठाइएको बुझिएको छ । गितेन्द्रबाबु ९जीबी० राईले रुपन्देहीमा सञ्चालन गरेको सुप्रिम सहकारीले ठगी गरेको…
Read More
मलेसियाले नेपाललाई ५–१ गोलले हरायो

मलेसियाले नेपाललाई ५–१ गोलले हरायो

चैत ३, शनिबार काठमाण्डौ – नेपाल मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोलले पराजित भएको छ । मलेसियाको यूनिभर्सिटी टेक्नोलोजीमा भएको खेलमा पहिलो ३५ मिनेटमा नेपाल दुई गोलले पछाडि परेको थियो । त्यस्तै पछिल्लो एक सय ५ मिनेटमा नेपाललाई ३ गोल हान्यो । नेपालका लागि समीर तामाङले एक गोल फर्काए । खेल ३५/३५ मिनेटको चार खण्डमा भएको थियो । नेपाली फुटबल टोली फिफा विश्वकप छनोट खेलमा लागि मलेसियाबाट बहराइन जानेछ । घरेलु मैदानमा दशरथ रंगशाला हुनुपर्ने होम खेल रंगशाला अयोग्य भएपछि बहराइनमा नै हुनेछ । नेपालले पहिलो खेल यहि चैत ८ मा र दोस्रो खेल चैत १३ गते खेल्नेछ ।
Read More
घट्यो डिजेल, पेट्रोल र मट्टीतेलको भाउ

घट्यो डिजेल, पेट्रोल र मट्टीतेलको भाउ

चैत ३, शनिबार काठमाण्डौ – नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ । निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेलरमट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६८ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५५ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा डिजेल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.