चैत ३, शनिबार
काठमाण्डौ –
नेपाल मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोलले पराजित भएको छ । मलेसियाको यूनिभर्सिटी टेक्नोलोजीमा भएको खेलमा पहिलो ३५ मिनेटमा नेपाल दुई गोलले पछाडि परेको थियो ।
त्यस्तै पछिल्लो एक सय ५ मिनेटमा नेपाललाई ३ गोल हान्यो । नेपालका लागि समीर तामाङले एक गोल फर्काए । खेल ३५/३५ मिनेटको चार खण्डमा भएको थियो । नेपाली फुटबल टोली फिफा विश्वकप छनोट खेलमा लागि मलेसियाबाट बहराइन जानेछ ।
घरेलु मैदानमा दशरथ रंगशाला हुनुपर्ने होम खेल रंगशाला अयोग्य भएपछि बहराइनमा नै हुनेछ । नेपालले पहिलो खेल यहि चैत ८ मा र दोस्रो खेल चैत १३ गते खेल्नेछ ।