आज मितिः २०८३ बैशाख ९ गते

दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगियो

चैत ३, शनिबार

काठमाण्डौ –

सुन तस्करीको अभियोगमा पक्राउ परेका दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगिएको छ । पुनलाई प्रहरीले हिजो काठमाण्डौबाट पक्राउ गरेर हिजै बुटवल लगेको हो ।

गएको साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि पुनको संलग्नता रहेको उल्लेख छ ।

सुन तस्करीबारे उनलाई पक्राउ गरेर अनुसन्धान हुँदै गर्दा सहकारी ठगीमा पनि यसअघि नै पक्राउ पूर्जी जारी भएकाले पहिला भैरहवा पठाइएको बुझिएको छ । गितेन्द्रबाबु ९जीबी० राईले रुपन्देहीमा सञ्चालन गरेको सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका थिए ।

उनि सुप्रिम सहकारीका पूर्वकोषाध्यक्ष पनि हुन् । उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो । सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डे यसअघि नै पक्राउ परिसकेका छन् ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.