आज मितिः २०८३ बैशाख ९ गते

शिक्षामन्त्री श्रेष्ठ जनक शिक्षा पुगिन्

काठमाडौँ, चैत ४ आईतबार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ सानोठिमीस्थित जनक शिक्षामा पुगेकी छन् ।

पाठ्यपुस्तक छपाइको अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठ सानोठिमीस्थित जनक शिक्षामा पुगेकी हुन् ।

कक्षा ५ देखि १२ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक छपाइ भइसकेको जनाएको छ । जनक शिक्षाले चैत १५ देखि पाठ्यपुस्तकको बिक्री खुला गर्ने योजना बनाएको छ । तयार पाठ्यपुस्तकलाई जिल्लाका बिक्री केन्द्रमा पठाउन ढुवानी कार्य पनि सँगसँगै जारी छ ।

आउँदो शैक्षिक सत्रका लागि जनक शिक्षाले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले हालसम्म एक करोड ५७ लाख थान छापिसकिएको जानकारी दिए । कक्षा ५ को पुस्तक मात्रै छाप्न बाँकी छ । कक्षा ५ मा छाप्नुपर्ने कुल २४ लाख थान पाठ्यपुस्तकमध्ये छ लाख थान छापिसकिएको छ । उनले बाँकी १८ लाख थान पाठ्यपुस्तक १५ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने दाबी गरे ।
। उनले विद्यार्थीले भर्ना भएकै दिन हातहातमा पाठ्यपुस्तक पाउने गरी काम गर्न निर्देशन दिएकी छन् ।

अहिलेकै गतिमा पुस्तक छपाइ कार्य जारी रहेमा सामुदायिक विद्यालयका विद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने छन् । देशभरिका सबै जिल्लामा वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुने छ ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.