आज मितिः २०८३ बैशाख १० गते

रत्ननगर १५ मा अनेमसंघको कार्यकर्ता प्रशिक्षण

रत्ननगर

जनता संग नेकपा एमाले अभियान(२०८० अन्तर्गत अखिल नेपाल महिला संघ रत्ननगर(१५ वडा कमिटीले वनभोज तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।

पार्टीका नेता तथा रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठक प्रमुख अतिथि रहेको सो कार्यक्रममा एमालेको आगामी कार्यदिशा, पार्टी सुदृढिकरण र संगठन विस्तारका विषयमा प्रशिक्षण दिइएको थियो ।

अनेमसंघ वडा कमिटी अध्यक्ष मिनु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य राजाराम रेग्मी, जिल्ला उपसचिव प्रकाश खनाल शैलेश, नगर अध्यक्ष इश्वरी अर्याल, पार्टीका नेता तथा वडा अध्यक्ष आसिक तामाङ, पार्टी वडा कमिटी अध्यक्ष कृष्ण पन्त, अनेमसंघ नगर कमिटी अध्यक्ष चन्द्रिका महत केसी लगायतको सहभागिता रहेको थियो ।
मिना भट्टले स्वागत मन्तब्य राखेको कार्यक्रम कान्ता रेग्मी सञ्चालन गरेकी थिइन ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.