चैत ४,आइतबार
काठमाण्डौ – इजरायल र प्यालेस्टिन बिद्रोही समूह हमासबीच पुनःआजदेखि वार्ता हुने भएको छ । कतारमा झण्डै एक महिना चलेको वार्तामा निष्कर्ष ननिस्किएपछि रोकिएको वार्ता पुनः आजदेखि शुरु हुन लागेको एएफपीले जनाएको छ ।
रमदानको शुरुवातपछि पहिलो पटक इजरायली अधिकारी र हमासका नेताहरू वार्ता गर्न लागेका हुन् । रमदान शुरु हुनुअघि नै ६ हप्ताको लागि युद्धविराम गर्ने तयारी गरेको भए पनि हमासले गाजामा स्थायी युद्धबिराम नहुने कुनै पनि सम्झौता नमान्ने बताएपछि सहमति भएको थिएन ।
इजरायली सेना गाजामा दुई मुख्य सडकबाट हट्नेछ । खाद्यान्नको चरम अभाव भएको उत्तरी क्षेत्रमा सहायत सामाग्री सहज रुपमा पुर्याउन सहजिकरण गर्ने पनि वार्ताले सहमति गर्न सक्ने एएफपीले जनाएको छ ।