आज मितिः २०८३ बैशाख ९ गते

आजदेखि पोखरा देशको पर्यटकीय राजधानी

पोखरा, चैत ४ आईतबार

पोखरालाई आज औपचारिक रूपमा देशको पर्यटकीय राजधानी घोषणा गरिँदैछ। दिउँसो फेवातालको किनार बाराहीघाटमा हुने कार्यक्रमकाबीच पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नै पोखरा पुगिसकेका छन्।

कार्यक्रममा लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको र्‍याली निकालिनेछ।

कार्यक्रममा वरिष्ठ गायिका हरिदेवी कोइराला, कन्दरा ब्यान्डका मुख्य गायक विवेक श्रेष्ठ, गायक प्रमोद खरेल, प्रकाश सपुत, धर्मेन्द्र सेवान लगायतले सांगितिक प्रस्तुती रहनेछ।

 

पोखरा महानगर प्रमुख धनराज आचार्यले पर्यटन क्षेत्रको विकासमा पर्यटन प्रवर्द्धनात्मक क्रियाकलाप महत्त्वपूर्ण मानिने र राजधानी घोषणा गर्दा पर्यटन प्रवर्द्धनमार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तनसहित सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा उल्लेखनीय प्रगतिलगायत दिगो पर्यटन विकासमा टेवा पुग्ने बताए।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.