आईपीएलमा लखनउले पञ्जाबलाई २१ रनले हरायो, आज दुई खेल हुने
चैत १८, आइतबार काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई २१ रनले हराएको छ । लखनउको दुई खेलमा यो पहिलो जित हो । गएराति भएको खेलमा लखनउले दिएको दुईसय रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ७८ रन मात्रै बनाउन सक्यो । पञ्जाबका कप्तान शिखर धवानले ७० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । जोनी बेयरस्टोले ४२ र लियाम लिभिङस्टोनले अविजित २८ रन बनाए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एकसय ९९ रन बनाएको थियो । उसका क्विन्टन डि ककले सर्वाधिक ५४…