चैत १७, शनिबार
दार्चुला – दार्चुलामा भीरबाट लडेर वडा सचिवको ज्यान गएको छ । मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहारको भीरबाट लडेर ज्यान गएको हो ।
शुक्रबार बेलुका भीरबाट लडेर लुहारको ज्यान गएको र घटनाबारेमा अजमात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शङ्कपुरबाट डाँडाकोट जाने क्रममा वडा सचिव लुहार भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
लुहारको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।