चैत १७, शनिबार,
काठमाण्डौं-
चैते झरीले मुख्य राजमार्गहरुमा ४ घण्टा सम्मको जामले यात्र,हरुले सास्ती खेप्नु परेको छ । बैरेनी गल्छिमा गाडि नै फस्ने गरि हिलाम्य भएको छ । बन्दै गरेको बाटोघाटो र पानीले ४ घण्टासम्म जाम हुने गरेको छ ।
तनहुँको खैरेनीटारदेखि दमौली आइपुग्न तीन घण्टा लाग्छ । २२ किलोमिटर दूरी छिचोल्न तीन घण्टा लाग्ने गरेको छ।
त्यस्तै मुग्लिन पोखरा सडक विस्तारका क्रममा ठाउँठाउँमा एकतर्फी कालोपत्रको काम अगाडि बढे पनि कालोपत्र नभएका ठाउँमा हिलो माटोले सवारीसाधन फस्दा यात्रु कष्टकर यात्रा गर्न बाध्य छन्।