आज मितिः २०८३ बैशाख ९ गते

दूरसञ्चार प्राधिकरणका दुई अध्यक्षसहित १९ जनालाई भ्रष्टाचार मुद्दा

चैत १५, शुक्रबार

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष, निर्देशक, उपनिर्देशकलगायत १९ जनाविरुद्ध ९१ करोड ९८ लाख ३० हजार आठ सय ८२ रुपैयाँ बराबरको बिगो मागदाबीसहित विशेष अदालतमा आज भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

ुमोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमु (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा आयोगले प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल र दिगम्बर झा, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्युतानन्द मिश्रलाई प्रतिवादी बनाएको हो । अख्तियारले प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्याल, विनोदचन्द्र श्रेष्ठ, रेवतीराम पन्थ, सन्दीप अधिकारी, सूर्यप्रसाद लामिछाने, सहायक निर्देशक विजयकुमार यादव, प्रतीक्षा पौडेल र निराजन कोइरालाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यस्तै अनियमितता गरेको आरोपमा दुई वटा कम्पनी र प्रतिनिधिविरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले सरकारी कर्मचारी र अन्य सरोकारवाला कम्पनीहरूको हकमा फरक–फरक दाबी रहेको बताउनुभयो ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.