आज मितिः २०८३ बैशाख ९ गते

आईजीपीले भने- गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा छैन

चैत १४, बुधबार

काठमाडौं-

प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पोखरामा ठाडो उजुरी आएको तर तथ्य र प्रमाण नभएकाले सहकारी ठगीको मुद्दा नभएको बताएका छन्।

राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा महानिरीक्षक कुँवरले पोखरामा ठाडो उजुरीमा रवि लामिछानेको नाम पनि रहेको तर तथ्य र प्रमाण नरहेको स्पष्ट पारेका हुन्।

सहकारी समस्या पछिल्लो समय व्यापक रूपमा आइरहेको र सहकारी विभागको सिफारिसमा मुद्दा चलाइरहेको भनेपछि महानिरीक्षक कुँवरले पोखरामा रवि लामिछानेको विरुद्धमा ठाडो उजुरी आएको बताए। ठाडो उजुरीमा नाम रहेकाहरू कानुनी दायरामा पर्ने अवस्था नरहेको पनि कुँवरले बताए।

यसअघि नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री लामिछाने सहकारी ठगिको मुद्दामा मुछिएकाले राजीनामा दिएर छानबिनमा सहयोग गर्न सुझाव दिएका थिए।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.