चैत १५, बिहिबार
काठमाण्डौ –
इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई हराएको छ । विभिन्न कीर्तिमान बनेको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको हो । हैदरावादले दिएको २ सय ७८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४६ रन बनायो । मुम्बईका तिलक वर्माले सर्वाधिक ६४ रन बनाए ।
डेभिडले ४२, ईशान किसनले ३४, नमन धिरले ३० र रोहित शर्माले २६ रन बनाए । हैदरावादका जयदेव उनादकट र प्याट कमिन्सले समान २र२ विकेट लिए । यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनायो ।
हैदरावादका लागि हेनरिक क्लासेनले ३४ बलमा ४ चौका र ७ छक्का सहित सर्वाधिक ८० रन बनाए । यस्तै अभिषेक शर्माले ६३ र ट्रेभिस हेडले ६२ रन बनाए । यो आईपीएलमा हैदरावादको पहिलो जित हो भने मुम्बईको लगातार दोस्रो हार हो । आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले खेल्दैछन् ।