चैत १२, सोमबार,
काठमाडौं-
दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको फैसला जारी भएको छ। मेडिकल व्यवसायी प्रसाईँको मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर मुद्दामा सर्वोच्चबाट रिट जारी भएको हो ।
मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईंले २०७७ असार २१ र २०७७ असोज ३० गते काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायतका निकायलाई विपक्षी बनाएर दुईवटा रिट दायर गरेका थिए।
न्यायाधीशद्धय कुमार चुडाल र शारंगा सुवेदीको इजलासले फैसला जारी गरेको छ।