आज मितिः २०८३ बैशाख ९ गते

आईपीएलमा लखनउले पञ्जाबलाई २१ रनले हरायो, आज दुई खेल हुने

चैत १८, आइतबार

काठमाण्डौ –

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई २१ रनले हराएको छ । लखनउको दुई खेलमा यो पहिलो जित हो । गएराति भएको खेलमा लखनउले दिएको दुईसय रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ७८ रन मात्रै बनाउन सक्यो ।

पञ्जाबका कप्तान शिखर धवानले ७० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । जोनी बेयरस्टोले ४२ र लियाम लिभिङस्टोनले अविजित २८ रन बनाए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एकसय ९९ रन बनाएको थियो ।

उसका क्विन्टन डि ककले सर्वाधिक ५४ रन बनाए । कप्तान निकोलस पूरन ४२ रनमा आउट भए । कुर्नाल पाण्ड्या ४३ रनमा अविजित रहे । आईपीएल क्रिकेटमा आज नेपाली समय अनुसार दिउँसो पौने ४ बजे गुजरात टाइटन्स र सनराईजर्स हैदराबाद तथा बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्स खेल्दैछन् ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.