आज मितिः २०८३ बैशाख २१ गते

ब्रेकिङ न्यूज

भोली सोमबार बागमतीमा सार्वजनिक बिदा

भोली सोमबार बागमतीमा सार्वजनिक बिदा

काठमाडौं- बागमती प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ। नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा सार्वजनिक बिदा दिइएको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडाले सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ।   प्रदेश सरकारका सचिव पूर्ण बहादुर दर्जीले यसबारे जानकारी गराउँदै सूचना प्रकाशन गरिएको बताएका छन्।  
Read More
मालपोत कार्यालयमा आगलागी

मालपोत कार्यालयमा आगलागी

सुर्खेत- सुर्खेतको मालपोत कार्यालयमा आगलागी भएको छ । वीरेन्द्रनगर–७, स्थित मालपोत कार्यालयको स्टोर रुममा आगलागी भएको हो ।   आगलागीबाट जिन्सी शाखामा रहेका काठ र स्टीलको २५ कुर्सी, दुई वटा स्टीलको दराज, एउटा जेनरेटर, पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो । एक्कासी आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । आगो कसरी लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।  
Read More
वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको सानदार जित

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको सानदार जित

काठमाडौं- वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले सानदार जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। योसँगै नेपालले सान्त्वना जितसहित ५ खेलको टी(२० शृंखला वेस्ट इन्डिजलाई ३.२ ले सुम्पिएको छ। पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो। तर, त्यसपछिका तीन खेलमा भने वेस्ट इन्डिज हाबी हुँदै लगातार जित हासिल गर्न सफल भयो। दोस्रो खेल १० रनले जितेको वेस्ट इन्डिजले तेस्रो खेल ७६ रनले जित्दै शृंखलामा अग्रता बनाएको थियो। यस्तै, तेस्रो खेलमा २८ रनको जित हासिल गर्दै वेस्ट इन्डिजले शृंखला ३(१ ले आफ्नो पक्षमा पारिसकेको थियो। शनिबार वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य नेपालले…
Read More
क्यान्सर पीडितलाई १.३ अर्ब डलरको चिट्ठा

क्यान्सर पीडितलाई १.३ अर्ब डलरको चिट्ठा

बीबीसी- अमेरिकामा एक प्रवासीले देशको इतिहासमै चौथो सर्वाधिक रकमको चिट्ठा जितेका छन्। लाओस मूलका चेङ सैफानले १.३ अर्ब अमेरिकी डलर रकमको ‘पावर बल लट्री’ जितेका हुन्। उनले चिट्ठा किनेपछि कैयौँ रात उक्त रसिदलाई सिरानमुनि राखेर सुतेका थिए। अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्डमा बस्दै आएका सैफान भन्छन्, ‘मैले भगवानसँग मद्दतका लागि प्रार्थना गरेको थिएँ। मेरा सन्तान सानै छन्, म धेरै कमजोर छु र स्वास्थ्य पनि ठिक छैन।’ उनले ७ अप्रिलमा प्रकाशित चिट्ठाको नतिजा हेरे र आफ्नो रसिदमा भएको नम्बरलाई मिलाए। उनलाई गत सोमबार चिट्ठाबापतको रकम दिइएको छ। उनले आफ्नी पत्नी र एक साथीको नामबाट चिट्ठाका २० भन्दा बढी टिकट लिएका थिए। तिनै…
Read More
सहकारी समस्या समाधानका लागि समिति गठन

सहकारी समस्या समाधानका लागि समिति गठन

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी संघसंस्था व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संघसंस्थाको व्यवस्थापन समिति गठन गरेको हो ।   बैठकले वैशाख २८ गते शुक्रवार अपराह्न २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ । वैशाख २८ गते शुक्रवार अपराह्न २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।   सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको वैशाख २३ गते हुने नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि…
Read More
पत्रकार महासंघको निर्वाचन तोकियो

पत्रकार महासंघको निर्वाचन तोकियो

काठमाडौं- नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गतेका लागि तोकिएको छ। बिहीबार बसेको महासंघको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर यसअघि झैँ विधान बमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत देशैभर एकै दिन मतदान गर्ने निर्णय गरेको हो। बैठकले सदस्यता वैशाख मसान्तभित्र शुद्धीकरण समिति र संगठन समितिले टुंगो लगाउने निर्णय गरेको छ भने महाधिवेशनमा पेश हुने महासचिवको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
Read More
भेलु बाजे नामले चिनिएका मीनबहादुरको निधन

भेलु बाजे नामले चिनिएका मीनबहादुरको निधन

काठमाडौं- आफ्नो बोली र व्यवहारका कारण सामाजिक सञ्जाल टिकटकमा रुचाइएका प्यूठानका मीनबहादुर बुढामगर भेलु बाजे को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालले जनाएको छ। भेलु बाजे केही महिना अघिसम्म सोसल मिडियामा चर्चित थिए। गत भदौमा उनकी ५९ वर्षीया श्रीमती बिस्ना बुढाको निधन भएको थियो। त्यसयता उनले निकै एक्लो र निराशाका कुरा गरिरहेको सोसल मिडियामा आएका भिडियोमा देख्न सकिन्थ्यो।  
Read More
आज कतै वर्षा कतै हावाहुरीको सम्भावना

आज कतै वर्षा कतै हावाहुरीको सम्भावना

काठमाडौं- आज बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ।  
Read More
क्यानले घोषणा ग¥यो टी- २० विश्वकप खेल्ने नेपाली टोली

क्यानले घोषणा ग¥यो टी- २० विश्वकप खेल्ने नेपाली टोली

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। बुधबार नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले टिम घोषणा गरेका हुन्। रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको छ। टी–२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजका विभिन्न शहरहरूमा आयोजना हुँदै छ। जुन २९ सम्म सञ्चानल हुने प्रतियोगिताको यस संस्करणमा नेपालसँगै कुल २० टिमको सहभागिता छ। नेपाली टिममा रोहितकुमार पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करन केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जीसी, अविनाश बोहरा, सन्दीप जोरा, सागर ढकाल, कमलसिंह ऐरी छन्।  
Read More

देशभर वन डढेलोको अवस्था विकराल

काठमाडौँ- देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ। वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने बताएको छ। महाशाखाका मौसमविद् गोविन्द झाले आगामी तीन दिनसम्म मुलुकको केही स्थानमा छिटफुट मात्रै वर्षाको सम्भावना भए पनि डढेलो नियन्त्रण हुने गरी पानी नपर्ने जानकारी दिए। “आगामी तीन दिनसम्म कोशी, गण्डकी, कर्णालीका केही पहाडी भेगमा आंशिक बदलीसहित छिटफुट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.