चितवन-
चितवनको माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
आइतबार आज विहान ९ बजेको समयमा माडी नगरपालिका–१ शिकारीपुर चट्याङ लागेर वर्ष ५० की सरस्वती महतोको मृत्यु भएको हो ।
चितवन प्रहरीका अनुसार आफ्नै गोठमा भैसीलाई कुडो हाल्न जाँदा एक्कासी चट्याङ लागेर महतो घाइते भएकी थिइन् ।
उनको उपचारका लागि माडीस्थित बघौडा अस्पताल लैजादा उपचारको क्रममा १०ः५० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।