चितवनको रत्ननगरमा घटना दर्तासम्बन्धी महत्त्वपूर्ण निर्णय
चितवन- चितवनको रत्ननगर नगरपालिकामा गठित घटना दर्तासम्बन्धी गुनासो व्यवस्थापन गर्ने स्थानीय तह समन्वय समितिले ५ महत्वपूर्ण निर्णय गरेको छ । समितिले दोस्रो तथा यस आर्थिक वर्षको पहिलो बैठकले नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा पाँचवटा महत्त्वपूर्ण निर्णय गरेको हो । समन्वय समितिको बैठकले बसोबासको आधारमा तथा घटना घटेको स्थानका आधारमा घटना दर्ता गर्ने निर्णय गरेको छ । यस निर्णयबाट कुनै पनि नागरिकको स्थायी बसोबास वा बसाइँसराइ नभए पनि व्यक्तिगत घटना घटेको स्थानबाट दर्ता गर्न सकिने व्यवस्थाअनुसार दोहोरोपना नपर्नेगरी जुन ठाउँमा घटना घटेको हो सोही ठाउँको ठेगानामा घटना दर्ता गर्न सकिने व्यवस्था कार्यान्वयन गर्न सबै वडामा पत्राचार गर्ने निर्णय गरिएको हो ।…