आज मितिः २०८३ बैशाख २० गते

ब्रेकिङ न्यूज

आज हावाहुरीसहित वर्षाको सम्भावना

आज हावाहुरीसहित वर्षाको सम्भावना

  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू—भागका एक–दुई…
Read More
पशुपतिनाथको कोषकै कर्मचारी चोर, आठ जना पक्राउ

पशुपतिनाथको कोषकै कर्मचारी चोर, आठ जना पक्राउ

काठमाडौं- भगवान पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी कोषकै कर्मचारीले चोरेका छन् । भेटी गन्ने क्रममा चोरी गर्ने आठ व्यक्ति पक्राउ परेका छन्।   पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।   मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा सिसि क्यामेरामा हेर्दा कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ’, उनले भने । परियार पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताएका हुन् ।
Read More
श्रममन्त्रीलाई खुल्ला पत्र- खै श्रम स्वीकृति ?

श्रममन्त्रीलाई खुल्ला पत्र- खै श्रम स्वीकृति ?

रवि भट्ट/ चितवन- मन्त्री ज्यू नमस्कार ! संसदमा समय दिई सके पछि आफूले गर्ने कामलाई पनि मध्य नजर राखि दिनुहोला । अहिले तपाईको पार्टीलाई जताततैबाट घेरिरहे पनि केही हुनेवाला नहोला यद्धेपि तपाई त श्रमिकहरुको पिडा, समस्या र दलालीहरुको काम कार्बाही बुझेको मान्छे । कर्मचारीहरुले समेत अहिले उल्टोपाल्टो गर्दिन्छन् त्यो हामीलाई थाहा छ । यति बेला वैदेशिक रोजगार विभागको सर्भरमा आएको समस्याका कारण सेवाग्राहीले सास्ती खेप्न बाध्य भएका छन् । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा सोमबार दिनभर समस्या आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिक समस्यामा कस्तो होला ?   फेमिसको ‘सर्भर डाउन’ भएर कार्यालयबाट हुने काम ठप्प हुँदा वैदेशिक रोजगारीमा जानका…
Read More
आज कोशी ,मधेस र लुम्बिनी प्रदेशमा हल्का बर्षाको सम्भावना

आज कोशी ,मधेस र लुम्बिनी प्रदेशमा हल्का बर्षाको सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मुख्यतया मौसम सफा र रहेको छभने कोशी ,मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुनेछ ।   विभागका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिउँ पर्नसक्नेछ ।   त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने अन्य बाँकी क्षेत्रमा आंशिक बदली भई मुख्यतया मौसम सफा रहने छ । कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्का वर्षाको सम्भावना…
Read More
मेयर बालेनको स्टाटस चेतावनीलगत्तै रिहा भए महानगरका चार चालक

मेयर बालेनको स्टाटस चेतावनीलगत्तै रिहा भए महानगरका चार चालक

काठमाडौं- महानगरका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमा चेतावनी दिए पछि फोहोर बोक्ने गाडीका चार जना चालक रिहा भएका छन्। उनले रिहा नगरे सिंहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका थिए। उनले सामाजिक सञ्जालमा स्ट्याटस लेखेको एक घण्टा नबित्दै ती चालकहरू रिहा भएका हुन्। प्रमुख शाहले नियन्त्रणमा लिइएका चालकहरूलाई स–सम्मान रिहा गरिएको जानकारी दिएका छन्। चालकको रिहाइपछि पुन अर्को स्ट्याटस यस्तो लेखे ‘जोकोहीले यत्ति बुझ्नुहोलास् पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला। तर नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ। त्यसमा कसैले सम्झौता गर्न पाइँदैन। काठमाडौँ महानगर यसमा संवेदनशील छ।’ महानगरले आफ्ना कर्मचारीमाथि…
Read More
चितवनमा अत्याधुनिक सुविधा सहित सुजुकीको नयाँ शोरुम

चितवनमा अत्याधुनिक सुविधा सहित सुजुकीको नयाँ शोरुम

चितवन। सुजुकी गाडीका उत्पादन बिक्रीका लागि भरतपुरमा नयांँ शोरुम सञ्चालनमा आएको छ । सिजी होल्डिङ्गसको अटोमोटिभ डिभिजन सिजी मोटोकपले चितवनको लागि साध्वी ईन्टरनेशलले सुजुकीको आधिकारिक डिलर सञ्चालनमा ल्याएको हो । आज एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका वडा नम्बर १० अध्यक्ष परमेश्वर खनाल र सिजी मोटोकर्पका निर्देशक सिरज पन्तले गरेका हुन् । सो अवसरमा बोल्दै निर्देशक पन्तले ग्राहकको आवश्यकता र माग अनुसार भरतपुरमा शोरुम सञ्चालनमा ल्याइएको बताए । पछिल्लो समय सुजुका सबै मोडलका गाडीहरुले ग्राहकको मन जितेको बताउंँदै उनले चितवन तथा यसका वरपरका जिल्लालाई लक्षित गरी सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याईएको बताए । वडा अध्यक्ष खनालले सुजुकी गाडी नेपालको माटो सुहाउंँदो र…
Read More
दमौलीको मुख्यचोक आगलागी, आगो तीन घण्टापछि नियन्त्रणमा

दमौलीको मुख्यचोक आगलागी, आगो तीन घण्टापछि नियन्त्रणमा

तनहुँ- तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो ।   आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।   तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र…
Read More
कोलकाता र राजस्थानको खेल वर्षाका कारण रद्द

कोलकाता र राजस्थानको खेल वर्षाका कारण रद्द

काठमाण्डौ – आईपीएल क्रिकेटमा कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण रद्द भएको छ । कोलकाताले यस खेलअघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर राजस्थानका लागि यो खेलमा दोस्रो स्थानमा रहनका लागि जित आवश्यक थियो । वर्षाका कारण गएरातिको खेलमा अङ्क बाँडिएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । यसअघि हिजोको पहिलो खेलमा लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो । पञ्जाब किंग्सलाई ४ विकेटले हराउँदै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६…
Read More
कांग्रेस संसदीय दलको बैठक  बिहान ९ बजे बस्दै

कांग्रेस संसदीय दलको बैठक बिहान ९ बजे बस्दै

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्न लागेको जानकारी दिए। संसदीय दल कार्यसमितिको बैठक बिहान ८:३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्न लागेको कांग्रेसले जनाएको छ। उक्त बैठक संघीय संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक लेखकले बताए।  
Read More
कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि फोर्ब्स कलेजले निशुल्क तालिम दिने

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि फोर्ब्स कलेजले निशुल्क तालिम दिने

चितवन फोर्ब्स कलेज चितवनमा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि फ्रि ट्रेनिङ क्याम्प (निशुल्क तालिम शिविर) सञ्चालन गर्ने भएको छ । स्नातक तहमा आईटी र होटल म्यानेजमेन्ट पढ्न रुची भएका विद्यार्थीहरुका लागि कलेजले निःशुल्क ट्रेनिङ क्याम्प सञ्चालन गर्न लागेको कलेजका प्राचार्य हरिशरण पाठकले जानकारी दिनुभयो । आउदो जेठ १३ गतेबाट सुरु हुने फ्रि ट्रेनिङ क्याम्पमा सहभागिता जनाउनका लागि विद्यार्थीहरुले कलेजले आफ्नो वेबसाइट र आधिकारीक पेजमा राखेको क्यूआर कोडलाई स्क्यान गरि अनलाईन मार्फत आवेदन दिन सक्नेछन् । प्राचार्य पाठकले आवेदन दिने ५० जना विद्यार्थीहरुका लागि जेठ १३ गतेदेखि असार १५ गतेसम्म एक महिनाको अवधिका लागि फ्रि ट्रेनिङ क्याम्प सञ्चालन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.