आज मितिः २०८१ आश्विन २० गते

बाढीपहिरोका कारण हेटौँडा काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

मकवानपुर-

हेटौँडाबाट काठमाडौं जोड्ने सबै सडक बाढीपहिरोका कारण अवरुद्ध भएको छ।

बिहीबारदेखि अविरल वर्षाका कारण शनिबार विभिन्न स्थानमा बाढीपहिरो जाँदा हेटौँडा(काठमाडौंं खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी कुलेखानी-सिस्नेरी(दक्षिणकाली(काठमाडौं, कुलेखानी(फाखेल(काठमाडौं, कुलेखानी(मातातीर्थ(काठमाडौं र त्रिभुवन राजपथ अवरुद्ध भएको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी ९सिडियो० तीर्थराज चिलुवालले त्रिभुवन राजपथ आज साँझसम्म सञ्चालनको तयारीअनुरुप काम भइरहेको बताए। उनका अनुसार त्रिभुवन राजपथबाहेक अन्य सडक भने सञ्चालनमा आउन केही समय लाग्नेछ।

प्रहरीले पहिरो पन्छ्याउन स्थानीय तह, सडक विभागसँग समन्वय भइरहेको उनले बताए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.