आज मितिः २०८३ आश्विन ११ गते

ब्रेकिङ न्यूज

च्याम्पियनसिपको उद्घाटन खेलमा आज भारत र पाकिस्तान भिड्दै

च्याम्पियनसिपको उद्घाटन खेलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं-   सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ साफ महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ। प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ। एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन्। प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ। भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ। प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ।
Read More
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड दाखिला

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड दाखिला

काठमाडौं-   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ। मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो। असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश संगठित संस्थाले रकम प्रदान गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशनले रु ६१ लाख, गैरआवासीय नेपाली संगठनले रु ५१ लाख तथा राष्ट्रिय समाचार समितिले रु तीन लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन्। यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती संघ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन्। कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला…
Read More
साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौं- नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल एन्फाले जनाएको छ। आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनामा जानकारी दिए। प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भुटान र बङ्गलादेश सहभागी छन्। उक्त प्रतियोगिताको लागि पाकिस्तान, माल्दिभ्स र बङ्गलादेशको टोली नेपाल आइसकेका छन् भने भारत र भुटानको टोली भोलि काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ। सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको एन्फा प्रवक्ता शाहले…
Read More
बस दुर्घटनामा चार जनाको मृत्यु, १२ घाइते

बस दुर्घटनामा चार जनाको मृत्यु, १२ घाइते

महेन्द्रनगर- डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताउनुभयो । दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो । प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि धनगढी पठाइएको छ ।…
Read More
सुन तस्करीमा कारबाही सिफारिस भएका एसपीलाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार

सुन तस्करीमा कारबाही सिफारिस भएका एसपीलाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका एसपी सञ्जयसिंह थापालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा पुरस्कृत गरेका छन् । ब्रेक सुमार्फत भएको सुन तस्करी घटनाको अनुसन्धानमा बदनियत राखेको भन्दै थापासहितका प्रहरीमाथि आयोगले गत चैतमा कारबाही सिफारिस गरेको थियो । ६९औँ प्रहरी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै महानिरीक्षक कुँवरले उनलाई पुरस्कृत गरेका हुन् ।   पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले सिआइबीकी तत्कालीन एआइजी किरण बज्राचार्य, एसपी थापा र डिएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरमाथि कारबाही सिफारिस गरेको थियो । केही आरोपीलाई कागज गराएर भगाएको, राजनीतिक नेतृत्वलाई जोगाएको आरोपमा कारबाही सिफारिस भएको थियो । आयोगको प्रतिवेदनका आधारमा एसपी…
Read More
यस बर्षको अरबी साहित्य तथा समाजसेवा सम्मान पुरस्कार नेपालका मियाँलाई

यस बर्षको अरबी साहित्य तथा समाजसेवा सम्मान पुरस्कार नेपालका मियाँलाई

कलकत्ता- भारतका पुर्व राष्ट्रपति डाक्टर एपिजे अब्दुल कलाम फाउन्डेसनले यस वर्षको अरबी साहित्य तथा समाजसेवा सम्मान पुरस्कार नेपालका प्रोफेसर मोहम्मद रमजान अली मियाँलाई प्रदान गरेको छ । फाउन्डेसनद्वारा आयोजित विशेष सम्मान कार्यक्रममा कतारबासी नेपाली तथा गैर आवासीय नेपाली संघका कानुनी सल्लाहकार एवं कतार स्थित राष्ट्रिय मानवअधिकार आयोगमा नेपाली समुदायका प्रतिनिधि मियाँलाइ उक्त पुरस्कार प्रदान गरिएको हो। सो सम्मान तथा पुरस्कार ऐतिहासिक टाउन हलमा मेघालयका सभामुख पि सङ्बाको हातबाट प्रदान गरिएको थियोे । कार्यक्रममा भारतका विभिन्न मन्त्रालयका मन्त्री तथा राज्यमन्त्री लगायत हाउडाका मेयर डा रतिन चक्रवर्दीको पनि उपस्थिति रहेको थियो। प्रोफेसर मियाँ करिब डेढ दशक भन्दा बढी कतारमा नेपाली समाजका विभिन्न…
Read More
पत्रकार गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’ को बेल्जियममा विमोचन

पत्रकार गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’ को बेल्जियममा विमोचन

बेल्जियम-   नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’ को आइतबार बेल्जियममा विमोचन गरिएको छ। अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको समारोहमा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतका अतिथिहरूले पुस्तकको विमोचन गरेका हुन्। त्यस क्रममा राजदूत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरूका अनुभवलाई देशका नीति निर्माताहरूले बुझ्न सके देश विकासमा ठुलो सहयोग पुग्ने बताए। ‘प्रवासका फूलहरू’ पुस्तक युरोपका नेपालीहरूको दस्ताबेजको रूपमा रहने भएकाले पनि इतिहास बन्ने उनको धारणा थियो। पुस्तकमार्फत विदेशमा रहने नेपालीहरूको प्रतिनिधि भोगाइ तथा सत्य कथाबाट युवापुस्तालाई सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास व्यक्त गर्दै राजभण्डारीले प्रवास बसाइका अनुभव, संघर्ष…
Read More
पोस्ट मनसुन सुरु भयो, अब चिसोबाट बचौं

पोस्ट मनसुन सुरु भयो, अब चिसोबाट बचौं

काठमाडौं- अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ। सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ। मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन्। यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ। गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो। खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ। सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी…
Read More
झापाको एक होटेलभित्र तास खेल्ने १२ जना पक्राउ

झापाको एक होटेलभित्र तास खेल्ने १२ जना पक्राउ

झापा- झापाको एक होटेलबाट नगदसहित १२ जना जुवाडेलाई प्रहरीले छापा मारेर पक्राउ गरेको छ। तास खेल्दै गरेको जानकारी पाएपछि प्रहरी टोलीले गएराति साढे ८ बजेतिर शिवसताक्षी नगरपालिका–९ दुधेस्थित सगरमाथा होटेलमा छापा मारेको हो।   घरको तेस्रो तलामा प्रहरीले छापा मारेर तास र नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।
Read More
मेची–महाकाली यात्रामा झापाबाट १० जनाको उद्धार

मेची–महाकाली यात्रामा झापाबाट १० जनाको उद्धार

झापा- झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट मेची–महाकाली राष्ट्रिय उद्धार क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ ।   जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार, बिर्तामोड नगरपालिकाबाट दुई, कनकाई नगरपालिकाबाट दुई र शिवसतासी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको हो ।   ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ मूल भावका साथ ३२ दिने उद्धार यात्रा सुरु भएको हो । उद्धार गरिएकालाई मानव सेवा आश्रम मेचीनगर सेवाकेन्द्रमा राखिएको छ ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.