आज मितिः २०८३ आश्विन ९ गते

ब्रेकिङ न्यूज

स्तन क्यान्सर विजेता बीच जमघट तथा अन्तरक्रिया कार्यक्रम

स्तन क्यान्सर विजेता बीच जमघट तथा अन्तरक्रिया कार्यक्रम

चितवन। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्तन क्यान्सर विजेताहरुले हिजो अनुभव साटासाट गरेका छन् ।  स्तन क्यान्सर सचेतना महिना (अक्टोबर) को अवसरमा आयोजित “स्तन क्यान्सर विजेता जमघाट तथा अन्तक्र्रिया कार्यक्रम” मा उनीहरुले आफ्नो अनुभव एक अर्कामाझ साटासाट गराएका छन् । कार्यक्रममा राष्ट्रिय सभाका निवर्तमान सदस्य तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले आफू पनि स्तन क्यान्सर प्रभावित रहेको भन्दै आफ्नो अनुभव सुनाउनुभयो । उहाँले शुरुवातमा पोलेको जस्तो भएर नेपालका विभिन्न ठाउँमा परीक्षण गराउँदा समेत पहिचान हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमा पहिचान हुन नसकेपछि दिल्ली गएँ, त्यहाँ पनि पहिलोपटक पहिचान हुन सकेन, १० दिनपछि पुनः परीक्षण गर्दा…
Read More
चितवनमा ट्रक र ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

चितवनमा ट्रक र ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

चितवन- चितवनको टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्यांकर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घट्नामा दुई जना घाइते भएका छन् । एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   मंगलवार राति ११ः२० बजेको समयमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको लोड ट्रक र नारायणगढबाट टांडीतर्फ जाँदै गरेको ना८ख ८६७४ नम्बरको खाली ट्याङकर एक आपसमा ठोक्किएका थिए । ट्याङकर पछाडि ना६ख ४६२४ नम्बरको ट्रक ठक्कर पनि ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।   तीन वटा सवारी साधन आपसमा ठोक्किँदा मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिका–२…
Read More
बिहीबार रातिसम्म केही स्थानमा बर्षाको संभावना

बिहीबार रातिसम्म केही स्थानमा बर्षाको संभावना

काठमाण्डौं-   हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू(भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। राती कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू/भागमा आंशिक…
Read More
सुनको मूल्य दैनिक बढ्यो

सुनको मूल्य दैनिक बढ्यो

काठमाडौं- नेपाली बजारमा आज फेरि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ। योसँगै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। केही दिनयता दैनिक रुपमा सुनको मूल्य बढेर कीर्तिमान हुँदै आएको छ।
Read More
बोन म्यारो ब्लड क्यान्सर पिडीत विवेक सिम्खडालाई सहयोग रकम हस्तान्तरण

बोन म्यारो ब्लड क्यान्सर पिडीत विवेक सिम्खडालाई सहयोग रकम हस्तान्तरण

कालिका नगरपालिका वडा नं. ०६ बोन म्यारो ब्लड क्यान्सर पिडीत १८ वर्षिय विवेक सिम्खडाको उपचारको लागि संकलित रकम हस्तान्तरण गरिएको छ। कालिका नगरपालिका वडा नं. ०६ लालचोक निवासि १८ वर्षिय विवेक सिम्खडा विगत ३ महिना देखि  बोन म्यारो ब्लड क्यान्सर (Stage 2 Acute Leukemia) बाट पीडित लाई कार्तिक ०४ गते उहाँकै निवासमा सहयोग रकम हस्तान्तरण गरिएको हो । भरतपुर १२ मा रहेको चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल विभिन्न १२ देशसँग आबद्ध रहि चितवन वासिहरुलाई विभिन्न माध्यमद्धारा आर्थिक तथा भौतिक रुपमा सक्दो सहयोग गर्दै आएको छ । विदेशमा अलपत्र अवश्थामा रहेका नेपालीहरु वा नेपाल आउन नसकेका शवहरुलाई यस समाजबाट…
Read More
तीन नेतालाई एमालेले सोध्यो स्पष्टीकरण

तीन नेतालाई एमालेले सोध्यो स्पष्टीकरण

काठमाडौं-   पार्टी कार्यालय निर्माणका विषयमा असहमति राख्ने तीन जना नेतालाई नेकपा ९एमाले० ले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टी सचिवालयको बैठकले भवन निर्माणका विषयमा असहमति राख्ने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। त्यस्तै लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेको भन्दै पूर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको छ। ‘पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, पार्टी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिनुभएकोमा उहाँहरूले के कति कारणले उहाँहरूले त्यसप्रकारका गतिविधि गरिराख्नुभएको छ भन्ने विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ बैठकपछि…
Read More
देशको पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

देशको पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं-   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम प्रणालीमा हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जानकारी दिएको छ। आज अहिले बिहान लुम्बिनी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले बताएको छ। त्यस्तै मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ। सोमबार दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित…
Read More
सुनको मूल्यमा वृद्धि, प्रतितोला १ लाख ६५ हजार

सुनको मूल्यमा वृद्धि, प्रतितोला १ लाख ६५ हजार

काठमाडौं-   स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ। तीन दिनसम्म लगातार बढेको सुनको मूल्यले आज फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। शुक्रबारको मूल्यमा ६ सय वृद्धि भएर सुन तोलामा १ लाख ६५ हजार पुगेको हो। शुक्रबार सुन तोलाको १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
Read More
टी-२० आई सिरिजको उपाधि नेपालले जित्यो

टी-२० आई सिरिजको उपाधि नेपालले जित्यो

  काठमाडौं-   नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ। दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले एक खेलअगावै टी-२० सिरिजको उपाधि जितेको हो। सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै लक्ष्य पूरा गरेको थियो।
Read More
आज पोखरामा निषेधित क्षेत्र तोकियो

आज पोखरामा निषेधित क्षेत्र तोकियो

कास्की-   जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ। आज आइतबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निषेधित क्षेत्रको आदेश जारी गरेका हुन्। पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडपका कारण प्रतिकूल अवस्था सिर्जना भएर शान्ति सुरक्षा भंग हुने भन्दै आइतबार बिहान ११:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। सहकारी ठगी र संगठित अपराधमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेर पोखरा लगिएको छ। उनको पक्राउ विरोधमा रास्वपाले प्रदर्शन गर्दै आएको छ। साथै सहकारी पीडितहरूले पनि प्रदर्शन सुरू गरेका छन्। दुई पक्षबीच झडप हुन सक्ने भएकोले रोक्न प्रशासनले निषेधित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.