कालिका नगरपालिका वडा नं. ०६ बोन म्यारो ब्लड क्यान्सर पिडीत १८ वर्षिय विवेक सिम्खडाको उपचारको लागि संकलित रकम हस्तान्तरण गरिएको छ।
कालिका नगरपालिका वडा नं. ०६ लालचोक निवासि १८ वर्षिय विवेक सिम्खडा विगत ३ महिना देखि बोन म्यारो ब्लड क्यान्सर (Stage 2 Acute Leukemia) बाट पीडित लाई कार्तिक ०४ गते उहाँकै निवासमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
भरतपुर १२ मा रहेको चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल विभिन्न १२ देशसँग आबद्ध रहि चितवन वासिहरुलाई विभिन्न माध्यमद्धारा आर्थिक तथा भौतिक रुपमा सक्दो सहयोग गर्दै आएको छ । विदेशमा अलपत्र अवश्थामा रहेका नेपालीहरु वा नेपाल आउन नसकेका शवहरुलाई यस समाजबाट पहल गर्दै आइरहेको छ । चितवन वासी जो विदेशबाट फर्कनु भएको छ विरामी अवश्थामा उपचारका पनि आर्थिक सहयोग जुटाइ सहयोग गर्दै आएको छ । त्यस्तै स्कुलहरुमा गरिव तथा जेहेन्दार बालबालिकालाई छात्र वृद्धि पनि दिदै आइरहेको छ ।
चितवन सेवा समाज साइप्रसका महासचिव दिपक सिम्खडा ज्युको भतिज विवेक सिम्खडा कडा रोग बोन म्यारो ब्लड क्यान्सर बाट पीडित उनको उपचारको लागी चितवन सेवा समाज साइप्रसबाट आर्थिक सहयोग संकलन अभियान चलाउनु भएको थियो सोही अनुरुप चितवन सेवा समाज साइप्रससँग सहकार्य गर्दै विभिन्न देश विदेश तथा व्यक्तिगत रुपमा संकलित रकम उहाँकै निवासमा निजको हजुरवुवालाई रु १,७३,२६८/- अक्षरुपी (एक लाख तिरहत्तर हजार दुइ सय अड्सठ्ठि रुपैया) बराबरको चेक रकम हस्तान्तरण गरियो । उक्त सहयोग हस्तान्तरण कार्यक्रम कालिका ०६ नगरपालिकाका जनप्रतिनिधि वडा सदस्य श्री लक्ष्मी नारायण चौलागाइ ज्यु को विशेष उपस्थिति सहित समाजका संरक्षक श्री समिर के.सी ज्यु,प्रथम उपाध्यक्ष श्री राजन कुमार श्रेष्ठ ,द्धितिय उपाध्यक्ष श्री इश्वर राज अधिकारी, सदस्य श्री सुवाष सिलवाल लेखा संयोजक श्री विजय अर्याल ,सांस्कृतिक संयोजक श्री नेत्र जी पन्त,जापान सल्लाहकार श्री अर्जुन अधिकारी, कार्यलय सचिव श्री निरु अधिकारी एवं शिव पञ्चायन टोल विकास संस्थाका अध्यक्ष श्री विष्णु पौडेलको उपस्थितिमा संकलित रकम हस्तान्तरण गरिएको छ ।
उपचारको लागी विवेक अहिले त्रिभुवन शिक्षण अस्पताल स्थित सुरेश वाग्ले क्यान्सर अस्पतालको अन्कोलोजी वार्डमा उपचार गराएका उनि अहिले थप उपचारको लागी दिल्लीको राजिव गान्धी क्यान्सर हस्पिटलमा उपचार भैरहेको छ। उनको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र उपचारका लागि ७० लाख रुपैयाँ भन्दा बढी रकम आवश्यक भयकोले संस्थागत वा व्यक्ति रुपमा सबैले सो-इच्छाले सक्दो सहयोग गरिदिनु भएमा विरामीले नयाँ जिवन पाउने थिए ।