आज मितिः २०८३ बैशाख ११ गते

तीन नेतालाई एमालेले सोध्यो स्पष्टीकरण

काठमाडौं-

 

पार्टी कार्यालय निर्माणका विषयमा असहमति राख्ने तीन जना नेतालाई नेकपा ९एमाले० ले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

आइतबार बसेको पार्टी सचिवालयको बैठकले भवन निर्माणका विषयमा असहमति राख्ने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

त्यस्तै लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेको भन्दै पूर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको छ।

‘पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, पार्टी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिनुभएकोमा उहाँहरूले के कति कारणले उहाँहरूले त्यसप्रकारका गतिविधि गरिराख्नुभएको छ भन्ने विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ बैठकपछि पार्टी महासचिव शंकर पोखरेलले भने।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.