काठमाडौं-
स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ। तीन दिनसम्म लगातार बढेको सुनको मूल्यले आज फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। शुक्रबारको मूल्यमा ६ सय वृद्धि भएर सुन तोलामा १ लाख ६५ हजार पुगेको हो।
शुक्रबार सुन तोलाको १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।