बाढी, पहिरो तथा सडक कटानका कारण प्रमुख राजमार्ग अवरुद्ध
काठमाडौं- बाढी, पहिरो तथा सडक कटानका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीका अनुसार बुधबार बिहान ७ बजेसम्म विभिन्न स्थानमा सडक पूर्ण रूपमा बन्द रहेका छन्। काभ्रेपलाञ्चोक–सिन्धुलीकोखुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली जोड्ने विपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण सवारी साधनको आवतजावतमा रोक लगाइएको छ।त्यस्तै मकवानपुरको कान्ति लोकपथमा रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो र सडक भासिएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–४ चारकिलोमा असार ३१ गते सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको…