आज मितिः २०८३ भाद्र २८ गते

नेपाल एसिया कपका लागि छनोट ,सन्दीप एसिसी प्रिमियर कपका सर्वश्रेष्ठ खेलाडी चुनिए

काठमाडौँ-

नेपाली क्रिकेटले शनिबार अर्को ठुलो फड्को पार गरेको छ । एसिसी प्रिमियर कपको उपाधि शनिबार जितेपछि नेपाल एसिया कपका लागि छनोट भएको छ ।

यससँगै नेपालले आगामी जुन, जुलाईमा बङ्गलादेशमा आयोजना हुने एसिया कपमा खेल्ने छ । नेपाल एसिया कपमा छनोट भएको यो दोस्रो पटक हो ।

नेपाल पुनः युएईलाई नै एसिसी प्रिमियर कपको फाइनलमा हराएर एसिया कपमा खेल्न योग्य बनेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले युएईलाई ४४ रनले पराजित गर्‍यो ।

प्रारम्भिक ब्याट्सम्यान आसिफ सेखको शतकीय पालिको सहयोगमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा ३१३ रनको विशाल योगफल तयार पारेको थियो । नेपालले युएईविरुद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक स्कोर हो ।

युएई जवाफमा पाँच बलअघि नै २६९ रनमा अलआउट भयो । फाइनलमा कुल ५८२ रन बने । जुन नेपाल र युएईबिचको खेलमा बनेको सर्वाधिक रन भएको छ ।नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप एसिसी प्रिमियर कपका सर्वश्रेष्ठ खेलाडी चुनिएका छन ।नेपाललाई च्याम्पियन बनाउने क्रममा उनले छ खेलमा प्रति ओभर २।९८ रन खर्चेर सर्वाधिक १७ विकेट लिएक थिए ।

तीन वर्षअघि नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाउँदा पनि सन्दीप नै प्रतियोगिताका उत्कृष्ट खेलाडी बनेका थिए साथै आसिफ फाइनलका म्यान अफ दी म्याच पनि घोषित भए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.