काठमाडौं-
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जानकारी दिएको छ।
कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ।
देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। देशका पहाडी भू(भागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका केही स्थानमा र मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।