टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार
काठमाण्डौं- आज माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना २१६ मेगावाटको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार भएको छ । नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त रूपमा टनेलभित्र फसेका चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको हो ।उनलाई नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकतर्फ ल्याईएको छ । लामो समयसम्म टनेलभित्र फसेका व्यक्तिको उद्धार सफल भएपछि उद्धार टोलीले महत्वपूर्ण तरिकाले उद्धार गर्दैछ।