आज मितिः २०८३ भाद्र २० गते

Uncategorized

विश्वकप क्रिकेटमा नेपाल फेरि नेदरल्याण्डससँग पराजीत

विश्वकप क्रिकेटमा नेपाल फेरि नेदरल्याण्डससँग पराजीत

विश्वकप क्रिकेटमा नेपाल फेरि नेदरल्याण्डससँग पराजीत काठमाण्डौं- विश्वकप क्रिकेट लिग २ मा नेपालको नेदरल्याण्डससँग पराजीत भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो खेलमा नेदरल्याण्डसंग पराजित भएको हो । नेपाल आयोजक नेदरल्याण्डससँग एक तथा नामिवियासँग २ खेलमा पराजित भैसकेको छ । घरेलु टोली नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमा अलआउट भएको हो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेलले २६ तथा करण केसीले २३ रन बनाए । इशान पाण्डेले १६, गुल्शन झाले ११ तथा भीम सार्कीले १० रन बनाए । दीपेन्द्र सिंह ऐरी पनि ६ रनमा आउट…
Read More
काठमाण्डौंमा विदेशी नागरिकलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

काठमाण्डौंमा विदेशी नागरिकलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

काठमाडौं- काठमाण्डौंमा विदेशी नागरिकलाई अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार काठमाडौँको लाजिम्पाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुर बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो। डान्स क्लबले भारतीय नागरिकलाई कुटपीट गरी बढी बिल बनाई जबरजस्ती मोबाइल बैंकिङमार्फत बिल तिर्न लगाउने गरेको पाइएको छ। उनीहरूले प्रहरी कर्मचारीको काममा बाधा गरेको तथा हातपात गरेका थिए।
Read More
विश्वकप क्रिकेटमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

विश्वकप क्रिकेटमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

काठमाण्डौ- आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ । नेदरल्यान्ड्समा भइरहेको शृङ्खलाको यो अन्तिम खेल हो । यसअघि लगातार तीन खेलमा पराजित भइ सकेको छ । यसअघिका पहिलो खेलमा नामिबियासँग ८ विकेट र अर्को खेलमा ३ रनले पराजित भएको थियो । त्यस्तै आयोजक टोली नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित भएको थियो । लगातार तेस्रो हारसँगै लिग–२ को शीर्ष चारमा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निक्कै कठिन भएको छ । आठ टोली सहभागी लिग–२ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् । शीर्ष चार टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् भने एकदिवसीय मान्यता जोगाउन…
Read More
आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज देशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको…
Read More
गोरखाको गुम्दामा भदौ आलु मेला हुने

गोरखाको गुम्दामा भदौ आलु मेला हुने

गोरखा गोरखाको धार्चे गाउँपालिका ५ गुम्दामा बिगत बर्षहरुमा झैँ यसबर्ष पनि आलु मेला हुने भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवले आगामि भदौ १ देखि ५ गतेसम्म गुम्दा आलु मेला २०८३ आयोजना गर्न लागेको हो । गुम्दा आलु मेलामा आलु खाने प्रतियोगिता, जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला लोक नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता तथा डोरी तान्ने प्रतियोगिता हुने आयोजक थमरा युवा क्लवका अध्यक्ष सन्तोष गुरुङले बताउनु भयो। साथै, स्थानीय स्तरमा उत्पादन भएका आलु प्रदर्शनसँगै विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने उहाले जानकारी दिनु भयो। गुम्दामा उत्पादित आलुको प्रचारप्रसार गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ…
Read More

व्यवसायीहरूको चेतावनीपछि सरकार संवाद गर्न तयार

काठमाडौं - वैदेशिक रोजगार व्यवसायीहरूको चेतावनीपछि सरकार संवाद गर्न तयार भएको छ । सरकारसँगको वार्ता निष्कर्षमा नपुगे १६औँ दिनदेखि वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोक्ने व्यवसायीहरूको चेतावनीपछि सरकार र व्यवसायीबीचको संवाद निर्णायक मोडमा पुगेको हो। वैरोले वैज्ञानिक सेवा शुल्क निर्धारण, ५९८ मेनपावर कम्पनीमाथि गरिएको कारबाही फिर्ता, वैदेशिक रोजगार ऐन संशोधनलगायतका माग राखेका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई १५ दिने अल्टिमेटम दिँदै आफ्ना माग सम्बोधन नभए १६औँ दिनदेखि देशभरबाट श्रमिक विदेश पठाउने प्रक्रिया नै ठप्प पार्ने निर्णय गरेको हो। संघका अनुसार सरकारसँग पटक–पटक छलफल भए पनि कुनै पनि विषयमा ठोस निर्णय नआएकाले अब आन्दोलनको विकल्प नरहेको…
Read More

आज प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ। महाशाखाका अनुसार आज हिमाली र पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा कोशी प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थान मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। आज राति देशको हिमाली र पहाडी भू–भाग तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका…
Read More

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

Uddar News गण्डकी- आर्थिक वर्ष २०८२र८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले पाँच करोड ५८ लाख रुपैयाँ रकम प्राप्त गरेका छन्। गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। मापदण्डअनुसार छनोट भएका दुग्ध सहकारीमार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले जानकारी दिए। उनले दैनिक २०० लिटर र वार्षिक २०० दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको बताए। हरेक आवमा कम्तीमा ३० दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्ने गरेका छन्। एउटा सहकारीलाई बढीमा…
Read More
थाइल्यान्ड र म्यानमारमा रहेका नेपाली दूतावासले कम्बोडियाबाट ८८७ नेपालीको उद्धार, २०० मानव तस्करको नाम कारबाहीका लागि प्रहरीमा

थाइल्यान्ड र म्यानमारमा रहेका नेपाली दूतावासले कम्बोडियाबाट ८८७ नेपालीको उद्धार, २०० मानव तस्करको नाम कारबाहीका लागि प्रहरीमा

काठमाडौं - थाइल्यान्ड र म्यानमारमा रहेका नेपाली दूतावासले कम्बोडियाबाट ८८७ नेपालीको उद्धार गरि नेपाल पठाएको छ । ५६२, म्यानमारबाट १११, लाओसबाट आठ र थाइल्यान्डबाट ६ नेपाली नागरिकलाई उद्धार गरी नेपाल पठाएका हुन् । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले दक्षिणपूर्वी एसियाली राष्ट्रमा अवैध रूपमा सञ्चालित ‘अनलाइन स्क्यामिङ सेन्टर’हरूमा नेपालीलाई पठाउने दुई सयभन्दा बढी मानव तस्करको नाम कारबाहीका लागि पठाएको छ । दूतावासले ठूलो संख्यामा मानव तस्करको नाम तथा ठेगाना थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासले कम्बोडियामा भिसाको अवधि समाप्त भएपछि पनि नवीकरण नगरी बसिरहेका ६०२ नेपाली नागरिकहरूका लागि कम्बोडिया सरकारबाट भिसा…
Read More
कतारमा अन्तर्राष्ट्रिय युवा उद्यमीको शाखा गठन 

कतारमा अन्तर्राष्ट्रिय युवा उद्यमीको शाखा गठन 

दोहा - कतारमा समाजसेवी तथा व्यवसायी पूर्ण पोखरियाको संयोजकत्वमा अन्तर्राष्ट्रिय युवा उद्यमी शाखा कतार गठन गरिएको छ। दोहामा बसोबास गरि युवा उद्यमी नेपाल र नेपाली समुदाय बिचको उपस्थितिमा अन्तराष्ट्रिय युवा उद्यमी शाखा कतार गठन गरिएको हो । महासंघका उपाध्यक्ष समेत रहनु भएका  पोखरियाको  संयोजकत्वमा अन्तर्राष्ट्रिय युवा उद्यमी कतार शाखाको कार्य समितिमा विष्णु कार्कीको अध्यक्षमा गठन गरिएको छ।जसको उपाध्यक्षमा निरन्जन गौतम र मन्जु खनाल महासचिव विकास भुजेल, सचिव सुजन गुरुङ, कोषध्यक्षमा बिशाल श्रेष्ठ, सहकोषाध्यक्ष बालकृष्ण न्यौपाने चयन हुनु भएको छ। त्यस्तै सदस्यहरूमा यास्मिन सिंह ठकुरी, शुशिला तामाङ्ग, युवराज गुरुङ्ग, विकास सापकोटा, सुवास सापकोटा, संसार पोखरेल, सुबिन्द्र खत्री,  दिपेश कार्की रहनु भएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.