आज मितिः २०८३ भाद्र २४ गते

बाढी प्रभावित परिवारका लागि अस्थायी बसोबासको सर्वेक्षण

काठमाण्डौ –

सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु गरेको छ।

आपत्कालीन अवस्थामा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा रहेका परिवारलाई अब केही हप्ताभित्रै उनीहरूको इच्छाअनुसार छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण थालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सर्वेक्षणमा घरको क्षतिको अवस्था, दिवंगत वा बेपत्ता सदस्यको संख्या, अस्थायी आश्रय वा भाडामा बस्ने रुचि, जग्गाको उपलब्धता र स्थानान्तरणको विकल्पबारे विवरण संकलन गरिने बताइएको छ।त्यसैगरी खानेपानी, सरसफाइ तथा अन्य आवश्यकताबारे पनि जानकारी लिइनेछ। यसबाट प्रत्येक परिवारको वास्तविक आवश्यकता पहिचान गरी सरकारले अस्थायी बसोबाससम्बन्धी योजना कार्यान्वयन गर्न सहज हुने अपेक्षा गरिएको छ।होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण एक साताभित्र सम्पन्न गर्ने तयारी छ।

त्यसपछि होल्डिङ सेन्टरबाहिर रहेका बाढी प्रभावित परिवारको पनि सोही प्रक्रियामार्फत सर्वेक्षण गरिने जनाइएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.