आज मितिः २०८३ भाद्र २५ गते

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं-

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल तथा कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू(भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू(भागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थानमा, कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.