आज मितिः २०८३ भाद्र २० गते

बेत्रावतीबाट ६० वर्षीया चण्डिका श्रेष्ठको उद्धार

Uddar News

काठमाण्डौं-


रसुवाको भोटेकोशी बाढीपछि बेपत्ता ६० वर्षीया चण्डिका श्रेष्ठको ११ दिनपछि उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीले श्रेष्ठलाई नुवाकोट बिदुर नगरपालिका –१० बेत्रावतीस्थित चार तले घरबाट शनिबार उद्धार गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हिलोमा थुनिएको अवस्थामा उहाँको उद्धार गरिएको छ । श्रेष्ठलाई उद्धार गरी उपचारका लागि हेलिकप्टरमार्फत त्रिशुली लगिएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.