आज मितिः २०८३ भाद्र २१ गते

गोरखाको चुमनुब्रीस्थित नाम्रुङ खोलामा बाढी आउँदा चार घरमा क्षति

काठमाण्डौं-


गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित नाम्रुङ खोलामा बाढी आउँदा चार घरमा क्षति पुगेको छ।

जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार आइतबार बिहान करिब ३स् ३० बजे खोलामा आएको बाढीले दुईवटा कच्ची घर बगाएको र दुईवटा घर भत्काएको हो।

प्रशासनका अनुसार बाढीले नगु छिरिङ र उर्गीन लामाको कच्ची घर बगाएको थियो भने लाक्पाभुटी लामा र दोर्जे झाल्नको एकतले कच्ची घर भत्काएको थियो। यस्तै, चुमनुब्री गाउँपालिका–४ र २ जोड्ने मानिस तथा घोडा आवतजावतका लागि प्रयोग हुँदै आएको फलामे पुलसमेत बगाएको प्रशासनले जनाएको छ।

बाढीको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लार्केबाट प्रहरी सहायक निरीक्षक यामबहादुर दराईको नेतृत्वमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय लार्केबाट करिब २०० मिटर पश्चिममा पर्छ। हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

बुढीगण्डकी आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.