आज मितिः २०८३ बैशाख १७ गते

निर्मला अधिकारी

77 Posts
मनसुनी वायुको प्रभाव

मनसुनी वायुको प्रभाव

    चितवन– साउन २८ गते सोमवार बिहान जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले  अद्यावधिक गरेको मौसम विश्लेषण अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको वरपर रहेको छ । अहिले सबै प्रदेशमा साधारणतया मौसम बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा  मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया मौसम बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भिषण वर्षाको पनि सम्भावना रहेको छ…
Read More
आस्था टोल आमा समुहको छैटौ वार्षिक साधारण सभा सम्पन्न

आस्था टोल आमा समुहको छैटौ वार्षिक साधारण सभा सम्पन्न

        चितवन - आस्था टोल आमा समुहको छैटौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सदस्य संख्या २३७ रहेको आमा समुहको वार्षिक साधारण सभा आफ्नै भवनमा राखिएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाका  उपाध्यक्ष  लोक माया थापाले दिनु भएको थियो । साधारण सभाको उद्घाटन  संस्थाका अध्यक्ष  अमृत भण्डारी   प्रमुख अतिथि आदर्श गृह नेपाल भरतपुरका मिना खरेल तथा विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष   लेखराज पन्तले गर्नुभएको थियो । उक्त कार्यक्रममा  संस्थाका अध्यक्ष अमृत भण्डारी सभाअध्यक्ष ,प्रमुख अतिथिमा आदर्श गृह नेपाल भरतपुरका मिना खरेल ,विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नं. १२ का वडा…
Read More
रोजगारी सिलसिलामा विदेशमा भोक्नु परेको समस्या

रोजगारी सिलसिलामा विदेशमा भोक्नु परेको समस्या

  रोजगारी सिलसिलामा विदेशमा भोक्नु परेको समस्या दिन प्रतिदीन बढ्दो छ, अहिलेको युगमा, धेरै नेपाली नागरिक रोजगारको खोजीमा विदेश जान बाध्य छन्। आर्थिक अवसरको कमी र जीवनस्तर सुधार्ने चाहनाले गर्दा, ठूलो संख्या युवाहरू विदेशको यात्रा गर्दैछन्। यद्यपि विदेशमा रोजगारीको अवसर प्राप्त हुन्छ, यससँगै भोक र समस्याहरूको सामना गर्नुपरेको छ। १. आर्थिक संकटकाल: विदेशमा रहेका धेरै श्रमिकहरूलाई उचित वेतन र कामको सुरक्षाको ग्यारेन्टी हुँदैन। तलबमा कटौती, बेरोजगारी, र कामको स्थितिहरूमा सुधारको अभावले गर्दा उनीहरूलाई वित्तीय असहजता भोग्नु पर्छ। यसका कारण, उनीहरूले आफ्नो दैनिक आवश्यकताहरू पूरा गर्न कठिनाइ भोग्न सक्छन्। २. स्वास्थ्य र पोषण: विदेशमा काम गरिरहेका व्यक्तिहरूलाई प्रायः स्वस्थ्य र पोषणको…
Read More
राप्तीमा डुंगा सञ्चालन टेण्डर प्रक्रियामा विवाद

राप्तीमा डुंगा सञ्चालन टेण्डर प्रक्रियामा विवाद

निरु रत्ननगर । सौराहा स्थित राप्ती नदीमा डुंगा सञ्चालनको लागि निकुञ्जले ठेक्का सम्झौताका लागि आह्वान गरेको टेण्डर प्रक्रिया विवादमा तानिएको छ । निकुञ्जले आह्वान गरेको आठ वटा ठेक्का सम्झौता मध्ये राप्ती नदीको सौराहाघाट देखि दुधौराघाट सम्मको ठेक्का सम्झौताको विषय विवादमा तानिएको हो । निकुञ्जले साउन २१ गते दिउसो १२ बजे सम्मको अन्तिम म्याद राखी निकालेको सुचनाको समयाबधिमा पेश भएका तीन वटा संस्थाले शिलबन्दी दरभाउपत्र पेश गरेका थिए । त्यो ठक्का नखोली निकुञ्जले एक दिनको म्याद थप गरी अर्को सुचना जारी भएपछि शिलबन्दी दरभाउपत्र पेश गरेको चौथो संस्थासंग ठेक्का सम्झौता गरेको बुझिएको छ । सौराहाका व्यवसायी त्रैलोक्य चित्रकार अध्यक्ष रहेका राप्ती…
Read More
एक्सपर्टमा रक्तदान : २२५ युनिट रगत संकलन

एक्सपर्टमा रक्तदान : २२५ युनिट रगत संकलन

  रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको रक्तदान कार्यक्रम २२५ युनिट रगत संकलन भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१ औं बार्षिकोत्सवको अवसरमा बकुलहर स्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा ३६ जना महिला सहित २२५ जनाले रक्तदान गरेको एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरका मेयर प्रलाद सापकोटाले एक्सपर्ट गरिब तथा विपन्न समुदायका बालबालिकाको शिक्षाको लागि लगानी गर्नुपर्नेमा जोड दिए । एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक अधिकारीले एक्सपर्ट २२औं बर्ष प्रवेशको अबसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । बार्षिकोत्सव अन्तर्गत निःशुःक आँखा परीक्षण शिविर…
Read More
एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँचैजनाको मृत्यु

एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँचैजनाको मृत्यु

निर्मला अधिकारी (निरु)   दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँचैजनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ। आज बुधबार दिउँसाे १:५४ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कलसाइनकाे हेलिकाेप्टर शिवपुरी गाउँपालिका- ७ सूर्यचौर (सुइरेचाैर)मा दुर्घटनामा परेको हो। चारजना चिनियाँ लिएर रसुवाको स्याफ्रुबेँसी जाँदै गरेको हेलिकाेप्टर सूर्यचौरमा दुर्घटना भएको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिए। हेलिकाेप्टरमा पाइलट अरुण मल्लसहित पाँचजना सवार रहेकाे बताइएकाे छ। गृह मन्त्रालयको कमान्ड पोस्टका प्रमुख डा. भीष्म भुसालले दिएको जानकारीअनुसार दुर्घटनामा चारजनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो। दुर्घटनाको खबर प्राप्त…
Read More
देशका सबै प्रदेशमा  ९६.३ प्रतिशत धान रोपाइँ सकिएको छ।

देशका सबै प्रदेशमा ९६.३ प्रतिशत धान रोपाइँ सकिएको छ।

निर्मला अधिकारी (निरु) चितवन– साउनको तेस्रो सातासम्म नेपालमा कुल धान रोपाइँ हुने क्षेत्रमध्ये ९६.३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। गत वर्षको यही अवधिमा ८१.८ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको थियो। नेपालमा कुल १४ लाख १ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको मन्त्रालयले जनाएको छ। जसमध्ये  साउनको तेस्रो सातासम्म १३ लाख ४९ हजार ६०७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। सुदूरपश्चिम प्रदेशमा प्रदेशगत रूपमा हेर्ने हो भने सवैभन्दा धेरै रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ। सुदूरपश्चिमा धान रोपाइँ हुने शत प्रतिशत क्षेत्रमा नै  रोपाइँ सकिएको छ। गत वर्षको सोहि अवधिमा सुदूपश्चिममा ९९.२ प्रतिशत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.