वे ग्रुप चितवन र नवलपरासीद्धारा नारायणी पुलको सरसफाइ
चितवन विगत ९ वर्ष देखि प्रत्येक सोमबारको दिन गरीने चितवन र नवलपुरले सरसफाई अभियान सन्चालन गर्दै आइरहेको "वे ग्रुप नेपाल" को नियमित कार्यक्रम अन्तर्गत सोमवार महेन्द्र राजमार्ग अन्तरगत चितवन-नवलपुर जोड्ने नारायणी नदीको पुलमाथि सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा भरतपुर महा नगरपालिकाको विशेष तथा उल्लेखनीय सहयोग रहेको थियो ।कार्यक्रममा नेपाल सरकारका बेल्स UK सद्भभाबना दुत NRNA उप महासचिब तथा वे ग्रुपका सक्रिय सदस्य सोम सापकोटाको पहलमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफ़िक प्रहरी,नगर प्रहरी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार भीम खरेल, वडा नम्बर ४ का जनप्रतिनिधि विजय सापकोटा,…