काठमाडौं/ साइबर कसुरमा पक्राउ परेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले तीन दिन हिरासतमा राखी अनुसन्धान गर्ने भएको छ । आइतबार पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले तीन दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले भने उनलाई १० दिन थुनामा राख्ने अनुमति मागेको थियो ।
प्रहरीको साइबर ब्युरोले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको थियो । सामाजिक सञ्जालमा जवाभावी बोल्दै हिँड्ने प्रसाईंविरुद्ध रास्वपाकी एक केन्द्रीय सदस्यले साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् । त्यसै आधारमा अदालतबाट पक्राउ पुर्जी लिई प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो ।