आज राजावादीको उपत्यका बन्द घोषणा
काठमाडौं- राजावादी समूहले हाज सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन्। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आईतबार एक विज्ञप्ति जारी गरी उपत्यका बन्दको घोषणा गरेका हुन्। विज्ञप्तिमा आजको शान्तिपूर्ण आन्दोलन माथि प्रहरीले गरेको बर्बर दमनको हामी घोर भत्सर्ना गर्दछौं। शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ गर्यो त्यसको हामी निन्दा गर्दछौं। राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरी हिरासतमा भेट्न जाने क्रममा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य मा। दिपक सिंहलाई संसदीय मर्यादा विपरित प्रहरीले हिरासतमा लिएबाट यो सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ रहेको प्रमाणित भएको छ। संविधानप्रदत्त अधिकार…