आज मितिः २०८३ बैशाख ६ गते

आज राजावादीको उपत्यका बन्द घोषणा

Uddar News

काठमाडौं-

 

राजावादी समूहले हाज सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन्।

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आईतबार एक विज्ञप्ति जारी गरी उपत्यका बन्दको घोषणा गरेका हुन्।

विज्ञप्तिमा आजको शान्तिपूर्ण आन्दोलन माथि प्रहरीले गरेको बर्बर दमनको हामी घोर भत्सर्ना गर्दछौं। शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ गर्‍यो त्यसको हामी निन्दा गर्दछौं।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरी हिरासतमा भेट्न जाने क्रममा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य मा। दिपक सिंहलाई संसदीय मर्यादा विपरित प्रहरीले हिरासतमा लिएबाट यो सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ रहेको प्रमाणित भएको छ।

संविधानप्रदत्त अधिकार उपयोग गर्ने क्रममा प्रहरीले पक्राउ गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, मा। दिपक सिंह लगायत हाम्रा सबै आन्दोलनकारी सहयोद्धाहरुलाई तत्काल रिहा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।

सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा आज जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरुलाई आह्वान गर्दछु।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.