आज मितिः २०८३ असार ५ गते

रवि भट्ट

1059 Posts
वर्षाका कारण नारायणघाट-बुटवल सडक अवरुद्ध

वर्षाका कारण नारायणघाट-बुटवल सडक अवरुद्ध

नवलपरासी-   रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ। सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए। उनले गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरेका छन्। सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११स्०० देखि बिहान ५स्०० बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ। रातिदेखि नै बन्द भएको यस सडक वर्षाका…
Read More
परिवेश अनुसारको सिकाई आजको आवस्यकता : नगर शिक्षा अधिकृत सिलवाल

परिवेश अनुसारको सिकाई आजको आवस्यकता : नगर शिक्षा अधिकृत सिलवाल

बैशाख २०, रत्ननगर । रत्ननगर १० मा रहेको एञ्जल्स वर्ल्ड स्कुलले आज अभिभावक तथा विद्यार्थीहरुको उपस्थितिमा वार्षिक पुरस्कार वितरण, नया विद्यार्थीहरुलाई स्वागत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत ८७ जना नया भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । सोहि कार्यक्रमको अवसरमा स्कुलका विद्यार्थीहरुले विविध भेषभुषामा सजिएर दर्जन बढी नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी रहनुभएकी रत्ननगर नगरपालिकाकी नगर शिक्षा अधिकृत सुमना सिलवालले परिवेश अनुसारको सिकाई कार्यक्रमलाई विद्यालयले जोड दिनुपर्ने बताउनुभयो । हरेक जात जातीको संस्कृति तथा परम्परालाई विद्यार्थीले विद्यालय तह बाटै बुझ्न जरुरी रहेको भन्दै एञ्जल्सले यस सम्बन्धी कार्यक्रमलाई जोड दिएको भन्दै प्रशंशा समेत…
Read More
सरला शर्माको “उसैले जन्माएको छोरो” लघुकथा संग्रहको परिचर्चा तथा सार्वजनिकीकरण

सरला शर्माको “उसैले जन्माएको छोरो” लघुकथा संग्रहको परिचर्चा तथा सार्वजनिकीकरण

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १ सौराहाचोक निवासी सरला शर्माको पहिलो कृति “उसैले जन्माएको छोरो” लघुकथा संग्रह सार्वजनिक भएको छ । शनिबार आयोजित कार्यक्रममा कवि तथा साहित्यकारहरु रामबाबु घिमिरे, एलबी क्षेत्री, प्रेम रिमाल, भूपिन खड्का, सामना पहाड र पूर्ण रिजालले कृति सार्वजनिक गरेका हुन् । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको पुस्तकमा ५९ वटा लघुकथा छन् । कथासंग्रहमा नेपाली समाजको चित्रण, वैदेशिक रोजगारीको पीडा, नारी बेदना, विभेद, सामाजिक विकृति, जीवबस्तु प्रतिको प्रेम लगायतलाई उतारिएको छ । कृतिमाथि बोल्दै कवि तथा निबन्धकार भूपिन खड्काले शर्माको कथा संग्रहहरू छोटोमा पढ्न सकिने र जीवनभर तरङ्गित गरिरहने खालका भएको बताए । नारी वेदनालाई एैना…
Read More
किट विश्वविद्यालय भारतमा बिहीवार साँझ एक नेपाली छात्रा मृत्यु

किट विश्वविद्यालय भारतमा बिहीवार साँझ एक नेपाली छात्रा मृत्यु

वीरगन्ज- कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालय भारतमा बिहीवार साँझ एक नेपाली छात्रा मृत भेटिएकी छन् । कीट विश्वविद्यालयमा बीटेक सिएसईको पहिलो वर्षमा अध्ययनरत छात्रा १९ वर्षीया प्रिशा साह विश्वविद्यालयकै (क्युसि ४) छात्रवासको कोठामा बिहीवार साँझ झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्। साह वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा निवासी श्याम साहकी छोरी हुन् । साहको स्थायी घर भने सर्लाहीको मलंगवा हो।   मृतक प्रिशाका भाइ गौरव साहले बिहीवार राति ९ बजेतिर कलेज प्रशासनले घरमा फोन गरेर प्रिशाको मृत्यु बारे जानकारी दिएको बताए । गौरबका अनुसार बिहीबार दिउँसो ३ बजेतिर कलेजबाट प्रिशाले घरमा फोन गरेर आफू मे १८ तारिखमा विदामा…
Read More
संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं- सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ। नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ। सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेका छन्। यसअघि नै सत्ता…
Read More
हिमाली भू– भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

हिमाली भू– भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू– भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। यसैगरी, आज राति कोशी ,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै…
Read More
आज चट्याङसहित वर्षा हुने सम्भावना

आज चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। देशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ। केही स्थानमा आंशिक बदली हुनेछ। देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती…
Read More
पेट्रोलियम पदार्थको मूल्यो घट्यो

पेट्रोलियम पदार्थको मूल्यो घट्यो

काठमाडौं-   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार अहिले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। जसअनुसार पेट्रोलको मूल्य रु दुई, डिजेल र मट्टितेलको रु एक घटेको छ। यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्य रु एक घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
Read More
आज श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं- आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्।   सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ। सो आन्दोलनका क्रममा सिकागोको…
Read More
कोरिया पठाइदिन्छु भनेर साढे तीन लाख ठग्ने पक्राउ

कोरिया पठाइदिन्छु भनेर साढे तीन लाख ठग्ने पक्राउ

काठमाण्डौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका-२ घर भएकी ५१ वर्षीया मुना कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.