चितवन-
चितवनको रत्ननगर स्थित पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सुशील तिवारीले उमेदवारी दिने भएका छन् ।
रत्ननगर १२ का शुसील तिवारी सामाजिक क्षेत्रमा चिरपरिचित छन् । चितवन पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा अन्य राजनीति दलका युवाहरुले पनि उमेदवारी दिने भएका छन्।
उनि उक्त सामुदायिक वन उपभोक्ता समूहको गतिविधीमा कृयाशिल रहदैं आएका व्यक्ति हुन्।
तिवारी सामुदायिक वनमा वृक्षारोपण कार्यमा कृयाशिल भएको , वन पैदावार तस्कर रोक्न क्लव मार्फत गस्ती गर्दै आएका छन्।
वन अनि वन्यजन्तुको महत्व आफूले राम्रोसंग बुझेको तिवारीले बताए। हरेक प्राकृतिक सम्पदाको संरक्षण र उपभोगमा सबैको समान पहुँच हुनु पर्ने तिवारीको तर्क छ।
सामुदायिक वनवाट काठ, दाउरा मात्र बेच्ने भन्दा पनि हाम्रो सामुदायिक वन नेपालकै तेश्रो ठूलो पर्यटकीय गन्तव्य सौराहाबाट नजिक रहेकोले ति पर्यटकलाई अझैं पञ्चकन्या सामुदायिक वनका ल्याउन बाटो (घाटो राम्रो बनाउने र स्थानीय कल्चर देखाउने आफ्नो लक्ष्य भएको उनको भनाई छ।
विश्वास छ, मलाई सम्पूर्ण उपभोक्ताहरुले यसपालि पञ्चकन्या सामुदायिक वनको अध्यक्षमा निर्वाचित र्गर सेवा गर्ने अवशर दिनु हुने छ तिवारीले भने।