आज मितिः २०८३ बैशाख ९ गते

नेपाली होटल व्यवसायी सघंको २३ औं साधारण सभा सम्पन्न

काठमाण्डौ-

नेपाली होटल व्यवसायी सघंको २३ औं बार्षिक साधारण सभा काठमाण्डौमा  सम्पन्न भएको छ।

नेपाली होटल व्यवसायी सघंका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा शनिबार काठमाण्डौको बालाजुमा सम्पन्न भएको हो।

 

कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष एवम् सामाजिक अभियन्ता रामजी आधिकारीको प्रमुख आतिथि रहनु भएको थियो। आधिकारीले पानसमा दिप प्रज्वलित गर्नुभई कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

साधारण सभा समुद्‍घाटन कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका संरक्षक अमृत बहादुर भुजेल, वरिष्ठ उपाध्यक्ष शेर बहादुर थापा विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने जिल्ला होटल व्यवसायी सघं काठमाडौंका अध्यक्ष सुरेश बराल, इजि सोलुसनका प्रमुख कार्यकारी अधिकृत शुभास देवकोटा, महासंघ नेपालका लेखा संयोजक तथा संघका निवर्तमान अध्यक्ष दिपेन सुवेदी (उमेश), सल्लाहकारहरु, काठमाण्डौ स्थित विभिन्न इकाई होटल व्यवसायी संघका अध्यक्ष एवम् प्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको आतिथ्यता रहेको थियो।

नेपाली होटल व्यवसायी संघमा आवद्ध होटल व्यवसायी सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको उक्त अवसरमा अतिथिहरुले साधारण सभा सफलताको शुभकामना सहित आफ्ना धारणाहरु प्रस्तुत गर्नु भएको थियो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.