आज मितिः २०८२ पुष ६ गते

सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो

काठमाडौं-
नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा २५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबारको बजारमा सुन प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । बुधबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा खरिद बिक्री भएको थियो । पछिल्ला केही दिनदेखि चाँदीको मूल्य रेकर्ड बनाउँदै बढेको हो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.