आज मितिः २०८३ श्रावण १६ गते

रवि भट्ट

1132 Posts
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान सातै प्रदेशका विभिन्न भूभागमा छिटपुटदेखि हल्कार मध्यम वर्षा भइरहेको छ।   बिहीबार दिउँसो देशका पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।  
Read More
फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा, कुन कुन देश भिड्दैछन् 

फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा, कुन कुन देश भिड्दैछन् 

काठमाण्डौ - फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा, कुन कुन देश भिड्दैछन् फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा, कुन कुन देश भिड्दैछन् काठमाण्डौ ( फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्गल्यान्डसँग तथा साबिक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको हो।   क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार बिहीबार मध्यराति पौने २ बजे खेल्दैछन् । दोस्रो क्वार्टरफाइनलमा स्पेन र बेल्जियमबीच शुक्रबार राति पौने १ बजे प्रतिस्पर्धा हुनेछ । स्पेनले अन्तिम–१६ मा पोर्चुगललाई १–० ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो । बेल्जियमले अमेरिकालाई ४–१ गोलले हराएको हो।   पहिलो पटक…
Read More
नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने

नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने

काठमाडौं- टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने तयारी गरेका छन्।   आधुनिक फोरजी सेवाको विस्तार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले दुवै कम्पनीले थ्रीजी सेवा बन्द गर्ने योजनाअघि बढाएको हो ।   दूरसञ्चार क्षेत्रमा विश्वव्यापी रूपमा पनि पुराना मोबाइल प्रविधिलाई विस्थापन गरी उच्च क्षमतायुक्त नेटवर्कमा लगानी बढाउने क्रम तीव्र बनेको छ। थ्रीजी सेवा बन्द भएपछि टेलिकम कम्पनीले टुजी र फोरजी सेवा मात्रै उपलब्ध गराउनेछन् भने आगामी दिनका लागि फाइभजीको तयारी पनि गरिरहेका छन्।   थ्रीजी प्रविधि अहिलेको आवश्यकताअनुसार कम प्रभावकारी बन्दै गएको दूरसञ्चार क्षेत्रका सरोकारवालाको भनाइ…
Read More
आज फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा अर्जेन्टिना र इजिप्ट खेल्दै

आज फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा अर्जेन्टिना र इजिप्ट खेल्दै

काठमाण्डौ - फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा आज राति अर्जेन्टिना र इजिप्ट खेल्दैछन् । आज राति पौने १० बजे अमेरिकाको एटलान्टा रङ्गशालामा शुरू हुनेछ । अर्जेन्टिना समूह ‘जे’ को विजेता र इजिप्ट समूह ‘जी’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् । विश्वकपमा अर्जेन्टिना र इजिप्टबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि सन् १९२८ मा भएको ओलम्पिक फुटबल र २००८ मा भएको मैत्रीपूर्ण खेल दुवै अर्जेन्टिनाले जितेको थियो ।  
Read More
इंग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा

इंग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा

काठमाण्डौ -   मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ र कप्तान ह्यारी केनले १ गोल गरे ।   इंग्ल्यान्डले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमिनेजले १–१ गोल गरे । दोस्रो हाफमा दुवैले थप १–१ गोल गरेका हुन् । ५४औँ मिनेटमा जारेल क्वान्साह रातो कार्ड खाएर बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित थियो ।   घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ । यसअघि अर्को आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ ।…
Read More
देशका चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

देशका चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं- हाल देशभर मनसुनी वायुको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने विभागको अनुमान छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ। कोशी, मधेस र बागमती प्रदेशका तराई भू–भागमा आंशिक…
Read More
पत्रकार विनोदबाबु रिजालको ‘नैबेद’ सार्वजनिक

पत्रकार विनोदबाबु रिजालको ‘नैबेद’ सार्वजनिक

चितवन - पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । यसअघि लकडाउन डायरी `एकान्तबास’ प्रकाशित गरिसकेका रिजालको नयाँ कृतिलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकको लोकार्पण अक्षर समूह चितवनले आइतबार चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रममा सम्पन्न भयो ।   लेखक रिजालका बुवाआमा तथा छोराछोरीसँगै कवि भूपिन, एक्सपर्ट चितवनका मेनेजर नरहरि पौडेल ‘किरण’ र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए ।   विमोचनपछि कवि भूपिनले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै ‘नैबेद’ समकालीन नेपाली समाजका विविध संकट र यथार्थलाई केन्द्रमा राखिएको सशक्त कथासङ्ग्रह भएको बताए । उनका अनुसार यस सङ्ग्रहका कथाले…
Read More
फिफा विश्वकप फुटबलमा फ्रान्स र मोरक्को अन्तिम आठमा पुगे

फिफा विश्वकप फुटबलमा फ्रान्स र मोरक्को अन्तिम आठमा पुगे

काठमाण्डौ - फिफा विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानडालाई हराउँदै मोरक्को अन्तिम आठमा पुगेका छन् ।   आइतवार बिहान भएको प्रि–क्वाटरफाइनल खेलमा फ्रान्सले पाराग्वेलाई १ गोलले हरायो । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले खेलको ७०औँ मिनेटमा पेनाल्टीमार्फत गरेको एक मात्र गोल नै निर्णायक बन्यो । १८औँ पटक विश्वकप खेलिरहेको फ्रान्स दशौँ पटक क्वार्टरफाइनलमा पुगेको हो ।   त्यस्तै राति भएको खेलमा क्यानडालाई ३ गोलले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्कोका अज्जेदिन ओउनाहीले दुई तथा सुफियान रहिमीले एक गोल गरे ।  
Read More
हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु

हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु

चितवन- भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो।  
Read More
फिफा विश्वकप फुटबलअन्तिम–१६ को समीकरण पूरा

फिफा विश्वकप फुटबलअन्तिम–१६ को समीकरण पूरा

काठमाण्डौ - फिफा विश्वकप फुटबल अन्तिम–१६ को समीकरण पूरा भएको छ।   नक आउट चरणको अन्तिम खेलमा घानालाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेसँगै अन्तिम–१६ को समीकरण पूरा भएको हो ।   जर्मनी, क्रोएसिया, नेदरल्यान्ड्स, जापान, सेनेगल, नवप्रवेशी केब भर्डेजस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन् ।   अब प्रि–क्वाटरफाइनलमा क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ग्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विट्जरल्यान्ड र कोलम्बियाले खेल्ने भएका छन् ।   प्रि–क्वाटरफाइनलको पहिलो खेलमा आजराति नेपाली समयअनुसार पौने ११ बजे घरेलु टोली क्यानडा र मोरक्को तथा भोलि बिहान पौने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.