एनआरएनए मलेसियाको पछिल्लो १ वर्षका लागि अध्यक्षमा राकेश महतो
क्वालालम्पुर- गैरआवासीय नेपाली संघ मलेसिया, राष्ट्रिय समन्वय परिषद्मा पछिल्लो एक बर्षको लागि अध्यक्षमा राकेश प्रसाद महतोले पदबहाली गरेका छन् । गत बर्ष जुलाई २०२३ मा सम्पन्न संघको अधिवेशनमा अघिल्लो १ वर्षको लागि विनोद थापा र पछिल्लो १ वर्ष महतो अध्यक्ष हुने आन्तरिक सहमति अनुसार उनि पद बहाली भएका हुन् । संघले गरेको सहमतिअनुसार थापाले राजिनामा दिएपछि बाँकी १ बर्षका लागि कार्यसमितिले महतोलाई अध्यक्षमा चयन गरेको हो । एसिया प्यासिफिक संयोजक हरि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यसमिति बैठकले थापाको राजीनामा स्वीकृत गर्दै महतोलाई अध्यक्षमा चयन गरेको हो । एनआरएनए एसिया प्यासिफिक संयोजक भट्टराईले महतोलाई शपथ ग्रहण गराएका हुन् । नवनियुक्त…