आज मितिः २०८१ चैत्र ६ गते

रत्ननगरमा प्रतियाेगितात्मक अर्पण तीज उत्सव हुने 

रत्ननगर –

पूर्वी चितवनकाे रत्ननगरमा यही भदाै २१ गते तीजकाे दिन प्रतियाेगितात्मक अर्पण तीज उत्सव हुने भएकाे छ ।

रेडियो अर्पण १०४.५ मेगाहर्जको आयोजना तथा अर्पण बचत तथा ऋण सहकारी संस्था लि.को सह-आयोजनामा सेभ सुपरमार्केटको प्राङ्गणमा “शेभ अर्पण तीज उत्सब २०८१ हुने भएकाे हाे । आयाेजकले बुधवार पत्रकार सम्मेलनकाे आयाेजना गरि तीज उत्सवकाे उद्देश्य र तयारीका बारेमा जानकारी दिएकाे हाे ।

सुरुवाती चरणमा तीज गीत प्रतियोगितामा मात्र सिमित रहेकाे कार्यक्रमलाई परिमार्जन गरि पछिल्ला  वर्षहरुमा तीज उत्सबको नाममा सञ्चालन हुदै आएको छ। कार्यक्रम संयाेजक यमन भूषालले प्रतियोगितामा मात्रै सिमित रहेको कार्यक्रमलाई समयसँगै परिमार्जन गरि प्रतियोगिता सँगै विभिन्न राष्ट्रिय, स्थानीय कलाकारको प्रस्तुतीको साथमा विभिन्न सम्मान तथा तीजलाई उत्सवकै रुपमा मनाउने गरि अर्पण तीज उत्सब सञ्चालन गरिएको बताए ।

माैलिक संस्कृतिसंग जाेडिएकाे तीजकाे महत्व दर्साउदै संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रतियाेगितात्मक तीज उत्सव आयाेजना गरिएकाे कार्यक्रम संयाेजक भूषालले जानकारी दिए ।  सेभ सुपरमार्केट टाइटल स्पोन्सर रहेकाे तीज उत्सवकाे मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि. रहेको छ ।

तीज उत्सव अन्तर्गत चर्चित कलाकारहरु कुलेन्द्र विश्वकर्मा र सिताविश्वकर्माको वृहत साँस्कृतिक तथा स्थानीय प्रतिभा तथा सामाजिक क्षेत्रमा याेगदान दिएका महिलाहरुलाई सम्मान गरिने अर्पण साकाेसका अध्यक्ष सुरज पाैडेलले जानकारी दिए ।

प्रतियोगितमा प्रथम पुरस्कार २५ हजार १०४, द्धितिय पुरस्कार १५ हजार १०४, तृतिय पुरस्कार १० हजार १०४,  सान्त्वना पुरस्कार ५ हजार १०४ र उत्कृष्ट नृत्यलाई ३ हजार १०४ पुरस्कार प्रदान गरिने रेडियाेका अध्य‍क्ष मेघनाथ पौडेलले जानकारी दिए । प्रतियाेगिताका १५ टिमकाे सहभागिता रहने छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.